Logo असार १, २०७८ मंगलबार


कम्युनिस्ट नेताहरू व्यक्तिवादी र अवसरवादी: कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य रामहरि खतिवडाले नेपालका कम्युनिष्ट नेताहरुलाई व्यक्तिवादी र अवसरवादी हुन् भन्दै नालायकको संज्ञा दिनु भएको छ । उहाँले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र रामबहादुर थापा लगायतका कम्युनिष्ट नेताहरु राजा ज्ञानेन्द्र शाहभन्दा नालायक रहेको टिप्पणी गर्नु भएको हो ।

खतिवडाले शुक्रबार ट्वीट गर्दै जनता र देशको भलो गर्न माओवादीमा लाग्नु भएका बादल अहिले ओली–विद्याको दीब्य ज्ञान प्राप्तपछि श्रीमतीको सारीवादी भएर परिवारको उन्नतिमा लागेको बताउँदै कम्युनिस्टहरू व्यक्तिवादी र अवसरवादी हुन् भन्ने कुरालाई पछिल्ला घटनाक्रमले प्रष्ट भएको बताउनु भएको छ । उहाँले माओवादी छाडेर एमालेतिर लाग्नु भएका  बादललाई श्रीमतीको ‘सारीवाद’ ल्याउन सफल भएको भन्दै बधाइ समेत दिनु भएको छ ।

गृहमन्त्री पद बचाउन माओवादी केन्द्र छाडेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई साथ दिनु भएका थापा परिवारबाट नैनकला थापालाई मन्त्री बने पछि बादलको राजनीतिक र परिवारवादमा स्खलित भएको भनेर आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…