Logo असार ४, २०७८ शुक्रबार


श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ

गोरखा । श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मपर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार कामीले आज (शुक्रवार) बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको थिए ।

घटना लगत्तै स्थानीयको सहयोगमा पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताउनुभयो । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँ पुलमुनि ओडारमा श्रीमती सम्झनासँगै बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…