Logo असार १, २०७८ मंगलबार


कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरेपछि स्थानीयलाई केही राहत हुने भएको छ । केही दिनभित्रै खर्च दिन शुरु गर्ने नगर प्रवक्ता विनोद नेपालीले बताउनुभयो । नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किनेलाई दुई हजार बराबरको पोषिलो खाना समेत उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।

नगरपाकिामा बालबालिकालाई कोभिड संक्रमण भएपछि बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको प्रवक्ता नेपालीको भनाई छ ।

कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।