Logo असार ४, २०७८ शुक्रबार


बन्दोबस्तका सामग्रीको माग लिएर राउटे मुखिया मुख्यमन्त्री कार्यालयमा

सुर्खेत । राउटेको मुखिया तथा अगुवाहरु कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन् । शुक्रबार खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न उनिहरु मुख्यमन्त्री कार्यालय पुगेका हुन् ।

जंगलमा सिकार पाइन छोडेका कारण आफ्ना जनताहरु भोक–भोकै भएका कारण आफ्नो समुदायलाई खाना चाहियो भन्दै राउटे मुखिया सूर्यनारायण शाही सहितको टोली मुख्यमन्त्री कार्यालयमाआएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी  दिनु भयो ।

उनिहरुले वर्षादको समय सुरु हुन लागेका कारण त्रिपाल, लत्ता कपडालगायतका बन्दोबस्तका सामग्री माग गरेका छन् । राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरु बन्दोबस्त गरिदिने आवश्वासन दिनु भएको प्रेस सल्लाहकार बुढाथोकीले बताउनु भयो ।

फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । यहाँ राउटे समुदायमा ३६ घरपरिवारका एकसय ४५ जना नागरिकहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…