Logo असार १, २०७८ मंगलबार


यौन दुर्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य जाँच सम्पन्न, मुख्यमन्त्रीसँग गरिन् गुनासो

काठमाडौं । यौन दुव्र्यवहारमा परेका दुई राउटे युवतीको स्वास्थ्य जाँच भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा पीडित युवतीको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको हो । पीडित युवतीहरुको शुक्रवार दिउँसो स्वास्थ्य जाँच भएको राउटे अभियन्ता नगेन्द्र उपाध्यायले बताउनुभयो । परीक्षणको रिपोर्ट भने आइसकेको छैन । पिडकहरु तीनजना प्रहरी नियन्त्रणमा भए पनि थप प्रमाणका लागि युवतीहरुको स्वास्थ्य जाँच गराइएको हो ।

लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेका थिए ।

यसैबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे युवतीहरुसँग भेट गर्नुभएको छ ।

मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए । उनीहरुले आफूहरुको पाल चुहिन लागेको र खाद्यान्न समेत सकिएको गुनासो गरेका थिए ।

मुख्यमन्त्री शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिनुभएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उक्त भेटमा यौन दुर्व्यवहारको घटनाका विषयमा भने कुरा नभएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…