Logo असार १, २०७८ मंगलबार


दुई दिनअघि नै यस वर्षको मनसुन नेपाल भित्रियो, देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं । यस वर्षको मनसुन शुक्रवारबाट नेपाल भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। मनसुन प्रवेश भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा वर्षा भएको छ ।

पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यसअघि १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। यस वर्ष निर्धारित मितिभन्दा दुई दिन अघि नै मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद बरुण पौडेलले जानकारी दिनुभयो ।

बंगालको खाडी आसपास विकशित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको विभागले शुक्रवार विशेष बुलेटिन प्रकाशित गरेर जनाएको छ। एक–दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ। मनसुन २ अक्टोबरसम्म रहनेछ।

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन मौसमविदहरुले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…