Logo असार १, २०७८ मंगलबार


अष्ट्रेलियासँग नेपाल ३–० गोलले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

कुवेतमा शुक्रबार राति भएको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको हो ।

१० खेलाडीमा समेटिएको नेपाल बलियो टोली अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटियो ।

अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…