Logo ८ श्रावण २०७८, शुक्रबार


गण्डकी प्रदेशमा माओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको गठबन्धन सरकारमा जाने तीन मन्त्रीको टुङ्गो लगाएको छ ।

बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो ।

सांसदहरू रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तीलाई मआओवादीले गण्डकी सरकारमा पठाउने निर्णय गरेको हो ।

रामजी बराललाई , दीपक चर्तीलाई वन तथा वातावरण मन्त्रालय र चन्द्रबहादुर बुढालाई कृषि मन्त्रालयको जिम्मेवारी दिने तय भएको हो ।

तीनैजना मन्त्रीको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको माओवादीका सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…