-रम्भा पौडेल
भनिन्छ– पिता त्यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तानलाई हरेक सुख–दुःखमा साथ दिन्छन्, लड्नुभन्दा पहिले हात थाप्न आइपुग्छन् । कवि लेखनाथ ज्ञवाली हामी तीन दिदी–बहिनी र दुई दाजु–भाइका पिता हुनुहुन्थ्यो । आज बा बित्नुभएको ११ वर्ष पूरा हुँदै छन् । श्रावण ११ गते उहाँको सम्झनामा कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले विविध कार्यक्रम गरी मनाउने गरेको छ । मैले मेरा पिताभित्र देखेका विशेषतामध्ये असल मार्गनिर्देशक, परिवरिक एकताका संयोजक, दूूरदर्शी, लेखक, साहित्यकार, कलाकार, समाजसेवी, ,पत्रकार, शिक्षक, गीतकार, संगितकारजस्ता सबै भूमिकामा मैले बालाई देखेँ । सबैका बाहरुका भूमिका उस्तै छन् तर मैले मेरा बा स्वर्गीय लेखनाथ ज्ञवालीको भूमिकालाई यसरी मूल्याकन गर्न सक्छुु ।
परिवारको पालनकर्ता : निसन्देह परिवारमा आमाको भूमिका बढी छ । सन्तान जन्माउने र पालन पोषण गर्नेदेखि बोल्न सिकाउने पहिलो गुरू आमाको भूमिकालाई अरु केहीसँग तौलन सकिदैन । तर बालाई परिवारको निर्माणकर्ता, परिवारभित्रको नेतृत्व, परिवारको सुरक्षा छाताजस्ता उपमा दिँदा अत्युक्ति नहोला । त्यति मात्र होइन, हरेक बच्चाका पथ प्रदर्शक पिता नै हुन्छन् । हरेक बाबुको भूमिका यस्तो हुन्छ– आफ्ना सन्तानलाई मायाको काखमा राख्ने, सन्तानलाई पारिवारिक नियम र मर्यादामा हिँड्न सिकाउने, उनको सफलता र खुृशीमा रमाउने र असफलतामा साथ दिँदै सफलतातिर डो¥याउन मद्दत गर्ने । यिनै विशेषता मैले मेरो बाबामा पनि देखँे । बाबाले सबै सन्तानलाई दुःख–सुख जस्तोसुकै परिस्थिति रहेता पनि शिक्षाको उज्यालोबाट सबैलाई दिप्त बनाउनुभयो, पारिवारिक जिम्मेवारीबाट कहिले टाढा भाग्नु भएन । आफ्ना माता–पिता, श्रीमती, भाइ–बहिनी र छोराछोरी सबैलाई यथोचित सम्मान, हेर–विचार र मायाँ गर्नुुभयो । यी विभिन्न भूमिकामा मैले मेरा बालाई कत्ति पनि कतै कमी–कमजोरी गरेको देखिनँ, बरु बढी नै पाएँ । भनिन्छ, बाँचुुञ्जेल व्यक्तिको महत्व थाहा हुुुुदैन । गुुमाएपछि मात्र थाहा पाउने हामी नेपाली । पिताबाट सुुन्नुपर्ने धेरै कुरा थिए तर समय छदै मैले पनि धेरै बुुझ्न र सुन्न सकिनँ । जहिले बुुझेँ, धेरै ढिला भएको थियो ।
परिवारको प्रथम गुरु : बाबा हाम्रो परिवारको गुरू हुनुहुन्थ्यो । बालबालिकालाई अक्षर आरम्भ गराउन उहाँले धेरै कसरत गर्नुुभयो । नेपालमा वि.सं. २००७ सालपछि मात्र सर्वसाधारणका लागि स्कूलहरु खुल्न थालेका हुन् । बाबाको पालासम्म ‘शिक्षा नपाए काशी जानु’ भन्ने उक्ति व्यापक थियो । बाबाले बनारसबाट शास्त्री सम्मको शिक्षा प्राप्त गर्नुु भएको थियो । गाउँ फर्केर उहाँले बर –पिपलका चौतारीमा गुन्द्रि बिछाएर स्थानीय बालबालिकालाई अक्षर चिनाउन शुरु गर्नुुभयो तथा केही समयपछि आफ्नै पहलमा सानो स्कूल खोलेर पढाउन शुरु गर्नुभयो । पछि उहाँ स्थानीय विद्यालयको प्रधानाध्यापक बन्नुुभयो ।
समाजसेवाको भूमिकामा बाबा : बाबालाई मैले कहिले पनि काम नगरेर खाली बसेको वा विनाकाम गफ गरेर बसेको देखिनँ । बाटो, कुलो–पैनी, पार्क र बनबाटिका निर्माण, एफ.एम रेडियो खोल्ने काममा सक्रियतादेखि युवाहरुलाई शिक्षा र रोजगारीतिर प्रेरित गर्ने काममा सदैव दत्तचित्त भएर लाग्नुभयो । आफू बसेको समाजको हरेक क्षेत्रका समस्याको समाधान गर्ने लगायतका धेरै भूमिकामा वहाा अगाडि हुनुहुुन्थ्यो । बालाई समाजमा कसैले कहिले पनि औला उठाउन सकेन । यसैले अहिले पनि उहाँप्रति रुपन्देही, बाँके, बर्दिया र गुल्मेली समाजमा गहिरो सदभाव कायमै छ ।
साहित्यिक यात्रामा बाबा : बा शिक्षा आर्जनका शुरुवाती दिनमा रामायण र महाभारतजस्ता पौराणिक काव्यहरूको अध्ययनले साहित्यको यात्रातिर लाग्न प्रेरित हुनुभएको थियो । बनारस बसाइको क्रममा उहाँको नेकपाका संस्थापक महासचिव पुष्पलालसंग सम्पर्क भयो । त्यसपछि उहाँ प्रगतिशील तथा क्रान्तिकारी साहित्यिक धारातिर अगाडि बढ्नु भयो । बाले विभिन्न विधामा दर्जनजति पुस्तक र सयौं लेखहरु लेख्नुभयो । उहाँका आधादर्जनभन्दा बढी पुस्तकाकार कृति प्रकाशित छन् भने प्रकाशन गर्न बाँकी त्यत्ति नै छन् । प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालय शिक्षामा समाहित गर्न योग्य पुस्तक कविता काव्यहरु प्रकाशित छन् । समाजका विकृति– विसंगतिको भण्डाफोर गर्न र आमजनताका उकुस मुकुसहरुलाई बाहिर ल्याउन उहाँका रचनाहरुले महत्वपूर्ण भुुमिका खेलेका छन् । राष्ट्र–राष्ट्रियता र जनजीविका नै उहाँको कृतिका मूल विषय रहने गरेका छन् । हरेक सृजनाले अग्रगामी निकास खोज्नुपर्छ । उहाँका सिर्जनाले राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै अग्रगामी परिर्वतनतर्फ उन्मुख हुने सन्देश दिन्छन्, नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षण गर्दै अघि बढ्न पे्ररित गर्दछन् । असल पुस्तकले मानव जीवनमा सकारात्मक परिर्वतन ल्याउँछ । वहाँका रचनामा त्यो सामथ्र्य देखिन्छ ।
संगीतकारको भूमिकामा बाबा : बाको रुचि साहित्य मात्र होइन संगीत पनि थियो । भनिन्छ– साहित्य, संगीत र कला नभएको मानिस पुच्छर नभएको जनावरजस्तो हुन्छ, अर्थात् शोभनीय हुँदैन । बाबामा साहित्य, संगीत र कला सबै थिए । यस अर्थमा म उहाँलाई बहुप्रतिभाशाली व्यक्ति भन्न रुचाउँछुु । विद्यालयका कार्यक्रमदेखि देउसी–भैलोसम्म उहाँकै गीत–रचना गाउँ–सहरमा घकिन्थे । वि.सं.२०३० को दशकमा पश्चिमाञ्चलमा उहाँका गीतले निकै स्थान पाए । बालगीतदेखि, समाजलाई जुरुक्क उठाउने वीरताले भरिएका गीतका साथै रोपाइमा गाइने आसारे गीत सबैका मुुखमुखमा थिए । ती गीतले किसानहरुलाई उच्च स्थानमा राख्दै कृषिकर्म गर्न सदैव उत्साहित र प्रेरित गर्दथे ।
पत्रकारको भूमिकामा बाबा : बाबाले सहित्य सिर्जनासंगसगै शिक्षक पेशापछि जीवनयापनका लागि पत्रकारकारितालाई मूल पेशा बनाउनु भयो । शिक्षण पेशामा रहँदा तत्कालिन पञ्चायती व्यवस्थाले लखेटिरह्यो । बेला–बेला स्वास्थ्यमा पनि समस्या हुन थाल्यो । जीवनका सवै भोगाइहरुसंगै उहाँको यात्रा पनि फेरिँदै गयो । गुल्मी जिल्लाबाट शुरुभएको बाबाको जीवनयात्रा पाल्पा, अर्घाखाँची, रुपन्देही, बाँके, वर्दिया लगायत विभिन्न जिल्ला हुँदै भारतको बनारस, दार्जिलिङ र सिलाङसम्म पुगेको देखिन्छ । बाबाले पञ्चायती तानाशाहीको बेलामा चर्चित मातृभूमि पत्रिकामा लामो समयसम्म पश्चिमाञ्चल सम्वाददाताको काम गर्नु भयो । उहाँले यसैगरी अरु विभिन्न पत्र–पत्रिका र सामयिक संकलनका साहित्यिक कृतिहरूमार्फत् पत्रकारतिाको क्षेत्रमा आफ्नो स्थान बनाउनुभयो । यी विविध भूमिकामा देखिए पनि बाबाको मूल परिचय कवि नै हो । यस्ता बहुआयामिक कविको जन्म वि. सं. २००० साल असौज ५ गते भएको थियो भने २०६७ साल साउन ११ गते वीर अस्पतालमा ब्रेन टयुुमरका कारण निधन भएको थियो । अत्यन्त मिलनसार, सादा जीवनशैली र सुुमधुुर स्वरका धनी, मायाका खानी पिता कवि लेखनाथ ज्ञवाली प्रति हार्दिक श्रद्धासुुमन ।
(लेखिका चन्द्रागिरि–१३ मा अवस्थित श्री कंकलि माविका शिक्षिका हुनुहुन्छ )