Photo Gallery
श्री स्वत्ता/छठी माता

धनगढी । छठ पर्वकी मुख्य देवीको रुपमा प्रतिमा तयार गरिदै । छठ मनाइने नदी, तलाउ, पोखरी आदिको छेउ/किनारमा छठी माताको प्रतिमा अर्थात श्री स्वत्ता तयार गर्दै भक्तजना । तस्बिरः सिद्धराज

मकैकाे झुत्ता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, खार्मीमा भण्डारण गरेर राखिएको मकैको झुत्ता ।

पुनहिलमा पर्यटक

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रशिद्ध पर्यटकीयस्थल पुनहिलबाट हिमालको दृश्य हेर्नका लागि पर्यटकको भीड लागेको छ । असोज र कात्तिक महिनामा स्वदेश तथा विदेशका पर्यटकको भीड लाग्ने गरेको छ । तस्बिरः

लहलह धानकाे बाला

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटको फाँटमा पाक्न लागेको लहलहै झुलेको धान । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । तस्बिरः ध्रुबसागर शर्मा

देउसी रे !

तिहारको अवसरमा देउसी भैलो खेल्दै व्यास नगरपालिका–५ साँगेस्थित लाङ्घाली मगर समाजका महिला ।

जनतामा तिहार उत्सव

काठमाडाैं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडको मुख्यालय परिसरमा आयोजना गरिएको तिहार विशेष कार्यक्रमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तिहार उत्सवको विशेष कार्यक्रम जनता

भक्तपुरका किसान धान भित्र्याउन व्यस्त (फोटोफिचर)

दशैं सकिए लगत्तै धान भित्र्याउन किसानहरु व्यस्त देखिन थालेका हुन् ।

आहा ! खोकना

ललितपुर । तोरीको तेलको लागि प्रसिद्ध ललितपुुरको खोकनामा तिहारको समयमा घर वरिपरि फुलेको ढकमक्क फूल । तस्बिरः चन्द्रकाल क्षेत्री

पाँचखालकाे धानबाली

काभ्रेपलाञ्चोक । असारमा रोपिएको धान अहिले पाक्ने बेला भएको छ । पाँचखाल नगरपालिका –४ समाजकल्याणचोक नजिकै फाँटमा पाकेको धानबाली भित्र्याउन किसानले तयारी गरेका छन् । तस्बिरः पेमा लामा

मखमलीको माला

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । एउटा मालाको २० देखि २५ रुपैयामा बिक्री हुने व्यवसायीको भनाइ छ । तस्बिरः रोशन सापकोटा