Photo Gallery
‘अ’ बाट अक्षर

भक्तपुर । सरस्वतीखेलस्थित सरस्वती मन्दिर परिसरमा श्रीपञ्चमीका अवसरमा अक्षर लेख्न सिक्दै बालबालिका । श्रीपञ्चमीलाई शुभकार्य प्ररम्भका लागि राम्रो दिनका रुपमा लिइन्छ । तस्बिर : नवीन पौडेल

क्रसरको असर

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–६ ठेराडाँडामा रहेको क्रसर तथा ढुङ्गाखानीले बीपी राजमार्ग माथिबाट भित्ता खोपेर ढुङ्गा निकाल्दै । यसरी भित्ता खोप्दा भविष्यमा त्यसक्षेत्रमा पर्ने असरका बारेमा जनप्रतिनिधि मौन बसेको त होइन

पर्यटक र परिकार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ भम्केपानीमा पर्यटन वर्षलाई लक्षित गरी निर्माण गरिएको थारु संग्रहालय अवलोकनका लागि आएका पर्यटकलाई परम्परागत खानाको परिकार खुवाउन तयारी गर्दै स्थानीय महिलाहरु । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

जलयात्रा…

कास्की । जलयात्रामा मग्न पर्यटकहरु । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको तालबराही तालमा ढुङ्गाबाट जलयात्रा गर्ने पर्यटकको संख्या बढिरहेको छ । तस्बिर : कमल खत्री

जाडोमा चियाको चुस्कीसँगै आगो ताप्दै बाँदर

महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बादर । तस्वीर : धनवीर महतो

आहा ! अन्नपूर्ण

मनाङ । ङिस्याङ गाउँपालिका–८ थोरङभञ्ज्याङ पाँच हजार ४१६ मिटर उचाइमा रहेको विश्वको बहुचर्चित पदमार्गको रुपमा परिचित अन्नपूर्ण पदमार्गको थोरङ फेदीबाट देखिएको अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र गङ्गापूर्ण हिमालको दृश्य ।

संस्कृति र महिला

डोटी । लोप हुँदै गइरहेको पञ्चेबाजा संरक्षणका लागि महिलाहरु बाजा बजाउँदै । दिपाएल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीसहितका महिला टेलीले पञ्चे बाजाको संरक्षणका लागि कार्यक्रम आयोजना गरिरहेका छन् । तस्बिर

चौतारीमा जागरणसभा

जाजरकोट । छुवाछुत तथा भेदभाव अन्त्यको घोषणा गर्नका लागि गाउँमा जागरणमूलक कार्यक्रम गर्दै । भेरी नगरपालिकाले जेठ २१ गतेदेखि छुवाछुत मुक्त समाजका लागि विभिन्न कार्यक्रम गरिरहेको छ । तस्बिर :

माछापुच्छ्रेकाे काखमा पाेखरा

कास्की । माछापुच्छ्रे हिमालको काखमा रहेकाे सुन्दर पोखरा । पर्यटकीय नगरी पोखराको महेन्द्र पुलबाट देखिएको हिमाल र पोखराको दृश्य । तस्बिर : वासुदेव पौडेल

कृषिकर्म सुपारीभित्र अलैँची

झापा । वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी वगान भित्र लगाउनुभएको अलैँचीखेती राम्रोसँग फस्टाइरहेको छ । सेपिलो भू–भागमा हुने अलैँचीखेती झापामा समेत व्यावसायिक रुपमा गरिँदै आएको छ । तस्बिर