Photo Gallery
अन्नपूर्ण हिमाल

कास्की । पोखराको फेवातालबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । तस्बिर : जमुनावर्षा शर्मा

सशस्त्र पुगेपछिकाे छाङरु गाउँ (फाेटाेफिचर)

नेपाल–भारतको सीमा रहेको दार्चुला जिल्लाको छाङरु गाउँ प्रवेश द्वार ।

डुङ्गामा सामग्री ओसार्दै

पोखराको फेवातालमा घरायसी प्रयोजनका सामग्री लिएर डुङ्गामा जाँदै महिला ।

संयुक्त बैठकलाई सम्बोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै । सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गरेपछि पारित गर्ने गरिन्छ ।

लहलह चैते धान

यसवर्ष धानमा रोग नलागेको र समयमा वर्षा भइरहेकाले उब्जाउ बढ्ने जिल्ला कृषि ज्ञान केन्द्रको अनुमान छ ।

बाजेको प्यास

आँ गर्नुस् बा  : तिर्खाएको वृद्ध बटुवालाई पानी खुवाउँदै ट्राफिक प्रहरी ।

साँगेफाँटमा चैतेधान

व्यास नगरपालिका–५ स्थिति साँगेफाँटलाई चैतेधानको पकेट क्षेत्र मानिन्छ ।

असिना वर्षा

असिनापानीले किसानले लगाएको हिउँदैबाली तथा तरकारीखेतीमा ठूलो क्षति गरेको छ ।

कालिज पालन

यो फार्ममा पाँच सयभन्दा बढी चल्ला पालिएको छ ।

जौ भित्र्याउँदै किसान

जौ बाली भित्र्याएर धानबाली लगाउने गरिन्छ ।