— रम्भा पौडेलआज आठ मार्च ।आज हामी १११औ अन्तारराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छाैं । प्रत्येक वर्ष नयाँ सोच र परिर्वतनका साथ सयुक्त राष्ट्रसंघले महिला दिवसलाई विशेष रुपमा मनाउने गरेको छ । यो वर्षको नारा नेतृत्वमा महिला भन्ने रहेको छ ।न्यूनतम आधारभूत आवश्यकता रोटीको मागबाट शुरु भएको महिला आन्दोलनले शिक्षा, स्वास्थ, रोजगारी, आर्थिक, सामाजिक, राजनितिक, समानता र पहुँच र सबै तहमा महिलाको नेतृत्व सम्मको अधिकार स्थापित गर्नमा यो दिनले विशेष महत्व राख्दछ । आठ मार्चकै दिन आन्दोलन गरिएका र यसैदिन अधिकारहरु पनि स्थापित गरिएकोले यो दिन आज विश्वभरि नै मनाउने गरिन्छ । जर्मन समाजवादी नेतृ क्लाराजेटकिन नै समाजवादी महिला आन्दोलनकी अग्रणी हुन् ।नेतृत्वमा महिला बिश्वका बिभिन्न देशमा छिटफुट रुपमा देखिए पनि त्यसले महिलाको आम रुपमा परिर्वतन ल्याउन भने सकेन । अहिले पनि राज्यको नेतृत्वमा विभिन्न देशमा महिला छन् । नेपालदेखि अमेरिका जस्तो पूँजीवादी देशमा पनि महिला नेतृत्वमा आएका छन् । नेपाल,लिथुवानिया,न्युजिल्याण्ड, चिली, बंगलादेश, बर्मा लगायतका देशहरुमा महिला नै राज्यको नेतृत्वमा रहेका छन् । नेपालकी विद्यादेवी भण्डारी,बर्माकी आङसाङसुकी, अमरिकाकी कमला ह्यारिस, भारतकी इन्दिरा गान्धीदेखि बेलायतकी मार्गरेट थ्याचरसम्मका महिला नेतृत्वले संघर्षको लामो इतिहास पार गरेर मात्रै राज्यको नेतृत्व सम्हाल्न पुुगेका हुन् । हाल विश्वभर १९५ देश रहेका छन् । सन १९५० देखि हाल सम्म फरक फरक देश र समयमा विश्वका ७५ देशहरुमा राज्य प्रमुखको जिम्मेवारी सम्हाली सकेको भएता पनि हाल विश्वका २९ देशमा मात्र महिलाले मुल नेतृत्व समालेको अवस्था छ ।नेतृत्वमा महिला नै किन ?पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ । शिक्षा रोजगारी हुदै राजनीतिमा बल्ल महिलाहरु सशक्त ढंगले बाहिर आउन थालेका छन् । महिला र पुरुषबीचको लंैगिक समानता महिलाको अधिकार मात्र नभई यो समाजको दिगो विकासको आधारशीला हो । लैंगिक समानता देशको समृद्धि, शान्ति र दिगो विकासको प्रमुख आधार पनि हो । त्यसैले महिला तथा छोरीहरुमा गरिएको लगानीले राज्यका विभिन्न स्तरमा दिगो प्रभाव पार्दछ । त्यति मात्र नभई देशको आधा भन्दा बढी हिस्सा जनसंख्या महिला नै भएकोले त्यो जनशक्तिलाई अब विकास निर्माणको नेतृत्व तहमा पुर्याउन अति आवश्यक छ ।हाम्रो देशका सबै महिलाले घरपरिवार धान्ने, बालबच्चा हुर्काउने, पढाउने उनीहरुलाई सहिदिशा निर्देश गर्नै, सिंगो परिवारलाई एकताबद्ध गराउने जस्ता जिम्मेबारी कुशलतापूर्वक सम्हालिरहेका छन । आर्थिक ,सामाजिक, शैक्षिक क्षेत्रमा आफ्नाे जिम्मेवारी बढाईसकेका ,परिवार ,समाज देश र राजनिति बुझेको महिलाले अव राज्यका हरेक तहमा आफनो नेतृत्व कुशलतापूर्वक नै सम्हाल्न सक्नेछन् ।पुरुषहरुको कार्यकारी नेतृत्व नेपाली जनताले हेरेर अघाइसकेको अवस्था अहिले छ । राजाको नेतृत्व पनि हेरेर अघाइसके । सबका शासनमा भ्रष्टहरु नै मौलाए । यिनीहरुको सञ्जालबाट नेपाली सत्यवादी जनता वाक्क भैसकेका छन् । त्यसैले अब जनताले महिलाको नेतृत्व खोजेको छ । त्यो नेतृत्व थापना र सिग्नेचर मात्र नभई कार्यकारी अधिकार सहितको हुनुपर्दछ । स्वतन्त्र निर्णयको अधिकार सहितको हुनुपर्दछ । अबको महिला नेतृत्व पुरुष एसमेनको आधार नभै आफनै बलबुतामा निर्भर नेतृत्व हुनुपर्दछ ।नेपालको राज्यको शासनब्यबस्थामा नेपाली जनताले काँग्रेसको बहुमत पनि हेरे कम्युनिष्टको बहुमत पनि हेरे अनि मिलिजुली नेतृत्व पनि हेरिसके । कतैबाट पनि जनता सन्तुुष्ट हुन सकेनन् र विकास निर्माणले फड्को मार्न पनि सकेन । जनताको निम्नतम् आधारभूत आवश्यकता पनि पूरा हुन सकेनन् । त्यसैले अबको नेतृत्व महिलामा भन्ने नारा अगाडि लैजान ढिला भैसकेको छ ।महिलामा जसरी आफनो परिवार छोराछोरीको माया छ, त्यसरी नै उनीहरुमा राज्यको पनि माया छ । उनीहरु स्रोत साधनलाई संरक्षण गदैै कुशलातापुर्वक चलाउने क्षमता पनि छ । महिलामा कोमलता जति छ त्यत्ति नै कठोर बन्ने क्षमता पनि छ ।विश्व अब महिलाको नेतृत्वबाट अगाडि बढदै छ । यही कुरालाई आवश्यक ठानेर नै सयुक्त राष्ट्रसंघले यो वर्षको नारी दिवसलाई नेतृत्वमा महिला भन्ने मूल नाराका साथ मनाइरहेको छ । नारा यो राख्नुको अर्थ महिलालाई त्यो ठाउमा पुरयाउन सहयोग गर्नुृ र योग्य बनाउनुुपनि हो । अवका दिनमा दुुईचार महिला मात्र राज्यका प्रमुख स्थानमा नभएर राज्यका हरेक निकायमा उनीहरुलाई नेतृत्व दिनुआवश्यक छ ।कोरोनालाई जित्दै श्रममा जुटौंयो वर्ष कोरोना भाइरसको वर्ष भन्दा पनि हुन्छ । यो वर्ष धेरै महिलाहरु कोरोनाको महामारीमा अग्रपंत्तिमा उभिएर आफनो भुमिका निभाउनुभएको छ । धेरै दिदीबैनीहरुले कोरोनाकै कारण ज्यान गुमाउनुभएको छ । कतिले कोरोना रोगीको उपचारमा अग्रपंतिमा उभिएर बिरामीहरुको सेवामा जुटनुुभयो । विशेष त महिला डाक्टर, नर्स तथा सहयोगी भुमिकामा काम गर्ने र गृिहणीको भुमिका निभाउनुहुने सबै महिला दिदीबहिनीमा हार्दिक सलाम ।बाहिर निस्कौंचाहे डाक्टर, चाहे नर्स चाहे, शिक्षक वा कर्मचारी वा गृहिणी । हामी श्रमजीवी हौं । कसैको बौद्धिक श्रम छ त कसैको शारीरिक । अझै पनि घरका सबै परिवारलाई खाना खुवाएर अन्त्यमा खाना खाने महिलाहरु नै गरिबी र भोकमरीको चपेटामा छन् । गरिबी भोकमरी र दासत्वबाट माथि उठदै आफ्नो जीवनलाई सार्थक बनाउन घरबाट बाहिर निस्कौं ।सबै श्रमजीवी आमा दिदीबहिनीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७ ११:५५