-डा युवराज संग्रौला
जता मन लाग्छ त्यता जानुहोस, तर नाटक बन्द गर्नुहोस् । युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा विकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन् भन्ने पनि चहेका हुन् जनताले । एमाले फुट्यो, मानिसहरुले नचाहदा नचाहदै पनि । यो फुट्नुमा अहिले तटस्थवादीहुनेको भूमिका सानो छैन । स्वयम् तपाईहरुलाई थाह छ । तर तपाईको सिद्धान्त के हो देखिएन । पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने । सबैलाई थाहा छ–एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ ! थोरै, यो जनता र देशका लागि हो ।
१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बूढा नेतालाई हौस्याउने तपाईहरु होइन ? नेपाल–खानालले ठीक गरे, गरेनन् इतिहासले मुल्यांकन गर्छ । उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न । के तपाईहरुलाई नेपाल खनालले धम्क्याए ? त्यसो हो भने पुलिसमा जाहेरी दिनुहोस् ।
२.थाहा छ तपाईहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जाँदापनि गुट यथावत रहन्छ तपाईका कारणले । तपाईहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ । तपाईहरुको हैसियत त बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भयो । कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ । तर निक्लिए पनि यो फ्याँकिन्छ । तपाईहरु बच्चा होइन साल बन्नु भो ।
३. नेपाल–खनालको मुल्यांकन इतिहासले गर्छ । ओलीको मुल्यांकन पनि इतिहासले गर्छ । इतिहास नियन्त्रणमा राख्ने ताकतवर अहिलेसम्म देखिएको छैन संसारमा । कम्तीमा राम्रो नराम्रो जे भएपनि उनिहरुमा निर्णय गर्ने आँट त रहेछ । जे गरे गरे । तर विचारका कुरा होइन रहेछ नि तपाईहरुको ! एउटा उत्तर दिनुहोस एमाले ब्रान्ड हो वा विचार ? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नुहोस् । तपाईको बिचार मिल्दैन भने ओली छोड्नुहोस् । देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस् । तर त्यसो होइन तपाईहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन् झन् गिजोल्दै हुनुहुन्छ । अब तपाईका हातमा केहि छैन ।
हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बूढा नेतालाई हौस्याउने तपाईहरु होइन ? नेपाल–खानालले ठीक गरे, गरेनन् इतिहासले मुल्यांकन गर्छ । उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न । के तपाईहरुलाई नेपाल खनालले धम्क्याए ? त्यसो हो भने पुलिसमा जाहेरी दिनुहोस् ।
यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाई तपाइका वाइयात राजनीतिको बारेमा पत्रपत्रिका सामाजिक सञ्जाल र टिभी हेर्दा दिक्क लाग्यो । अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ । तपाईहरु ठीक अरु गलत छ्न भने बोल्सेभिक बनेर देखाउनुहोस् न । के प्रष्ट भएको छ भने तपाईहरु बाहिर देखिएजस्तो ओज भएको भोली देश चलाउने नेता भएको मानिस होइन । तपाईहरु तिनै बूढाहरुका काँध चढेर, गोजीमा लुकेर मन्त्रीहुनेहरुमध्येकै हुन् । त्यसैले देशको राजनीति अझै नगिजोल्नुहोस् ।