घरकाे बगैंचाभरी केराका बाेट हेर्दा नी रहर लाग्थ्याे । दशैंमा केरा बेचेर किनेको नयाँ लुगा । त्यो समय थानको लुगा सिलाएर लगाउने बास्ना आहा ! दशैँ आउन महिनादिन अगाडी नै थानको लुगा सिलाउन पल्लाघरका गाेठपाने बाकाेमा धाउन थाल्थेँ । कपडा सिलाउने पालाे दशैंकाे पञ्चमी तीर आउँथ्याे । त्यस दिन गाेठपानेबाकाे छेउमा बसेर कपडा सिलाएकाे हेर्न छुट्टै आनन्द महसुस हुन्थ्यो ।
जब गाेठपाने बाले कपडा सिलाएर लउ है साने तिम्राे लुगा तयार भयाे भनेर हातमा थमाउँदा झनै आनन्द हुने थर्दथ्याे । मनको कुनामा लुकेको त्यही आनन्द महसुसले दशैं ल्याउँथ्यो । यी सबै काम आमाले भनेपछि हुन्थ्यो । आमाले नै गरिदिनुहुन्थ्यो । तर, अचेल पो यी सबै कुरा आमाको कदममा होइन, समाजको फेशनमा निर्भर भएकाे छ ।
उसो त, मानिसको जीवन अनुभूती र भोगाईको वृहत पुस्तक नै रहेछ । जहाँ विगत, वर्तमान अवस्थामा भोगका कयौं तिता, मिठा भोगाईहरु समावेश भएका हुन्छन् । प्रत्येक मानिसको भविष्यका यात्रा अनिश्चित हुन्छन्, विगतका सम्झना र वर्तमानका अनुभूतिहरु यथावत नै रहन्छन् । जति उमेर बढ्दै गयो उति नै विगतका पुराना दिनहरु सम्झनाका छाल बनेर आइदिन्छन् ।
यी सम्झनाका प्रतिबिम्बहरु पनि समय, घटना र सन्दर्भ सापेक्ष हुँने रहेछन् । अहिले मेरा मन, मस्तिष्कमा बाल्यकालमा मनाएको दशैँको झल्झल्ती सम्झना आईरहेको छ । म राजधानी देखी टाढाकाे ठाउँमा जन्मे हुर्केकाे मान्छे । गाैरीशंकरकाे हिमश्रृंखलाले अाेखलढुंगाकाे लिखु क्षेत्र र हाम्राे गाउँलाई रसिलो र भरिलो बनाई दिइ रहन्छ । बिहानै हिमश्रृंखला चिरेर निस्कने सुर्यले हरेक दिन नयाँ उत्साह, आशा र उमंग दिन्छ ।
जब गाेठपाने बाले कपडा सिलाएर लउ है साने तिम्राे लुगा तयार भयाे भनेर हातमा थमाउँदा झनै आनन्द हुने थर्दथ्याे । मनको कुनामा लुकेको त्यही आनन्द महसुसले दशैं ल्याउँथ्यो । यी सबै काम आमाले भनेपछि हुन्थ्यो । आमाले नै गरिदिनुहुन्थ्यो । तर, अचेल पो यी सबै कुरा आमाको कदममा होइन, समाजको फेशनमा निर्भर भएकाे छ ।
म जन्मेको ठाँउमा सबै जातजाति, धर्मको समावेशी संरचनायुक्त समाज छ । विशेष गरी म हुर्केकाे ठाउँमा ब्राम्हण समाज भए पनि म अलि फरक हुँदै गएँ त्यहि समुदायमा हुर्केकाे ब्राम्हण समुदायकाे छाेराे भए पनि म त्याे समाज देखी अलि टाढा रहेँ जवकी मेराे हजुरबाले गरेकाे गल्तीका कारणा म लगायत मेराे परिवारलाई त्याे समाजले तल्लाे दर्जाकाे रूपमा हेर्ने गर्दथ्याे ।
मेरो परिवारमा बुवा ब्राम्हणकाे छाेराे भए पनि अलि फरक हुनुहुन्थ्याे । पल्लाघरे गाेठपाने बाका छाेराहरू म बराबरका साथीहरू थिए लाेकु र भाेटु म दशैंमा उनिहरू संगै बसेर टिका लगाउँथे सन्तानको खुशीका लागि बाआमाले मेराे इच्छालाई कहिल्यै नकार्नु भएन ।
घरमा दशैंमा पाक्ने केरा लगभग ४० देखी ५० घरी हुन्थे बाले दशैंमा त्यही केरा बेचेर दशैं खर्च जाेहाे गरेकाे अहिले जस्ताे लाग्छ । दशैं आउनु केहि दिन अगावै उहाँले दशैंका लागि हामीलाइ लुगा जुत्ता देखी दक्षिणाकाे लागि पैसा जाेहाे गरेकाे अहिलेपनि ताजा स्मरण रहेकाे छ । दशैं आएपछि आमाले नयाँ लुगा र जुत्ता किनि दिनुहुन्थ्यो ।
मेरो रोजाई तेतीबेला नयाँ पाइन्ट हुने गर्दथ्याे । मलाई थानकाे कपडा सके सम्आम स्माकुल युनिफर्मकाे पाइन्ट हुन्थ्याे जुनै दशैंमा पनि तर पनि म त्यसैमा खुसी हुन्थे । म अलिक सन्तोषी थिए । आमाबाको रोजाई नै मेरो रोजाई हुन्थ्यो । त्यसैले प्रत्येक वर्ष मेरो बाल्यकालको दसैं थानबाट सिलाएको पाइन्टमा नै वित्यो ।
सानैदेखि विगतलाई भुलेर वर्तमानमा रमाउने स्वाभावकाे थिए । मलाईले बुवाको विगतका ऐतिहासिक कथाका घटनाक्रमलाई वेवास्ता गर्दै वर्तमान अवस्थामा रमाईरहेका हुन्थ्यौं । दशैंमा घरमा बाआमाको आर्शिवाद थापेर हजुरबुबाकाे हातको टिका, आर्शिवाद ग्रहण गर्न जाने गर्दथ्यौं । हजुरबाले टिका लगाएर दिएको आशिक र एक रूपेँयाँकाे ‘कटकटे’ नयाँ नोट पाउँदा त्यो समयमा हजार नै पाए झैं खुशी मिल्थ्यो । तर उहाँले तँ केटा माेरालाइ केकाे पैसा भनेर एक रूपैयाँकाे कटकटे नाेट दिँदा अव तिहारमा दिदीलाइ दिन हुन्छ भन्दै म बाँसकाे खुत्रुक्केमा हाली हाल्थेँ ।
दशैंमा पैसा हुन्छ मनेर काकाहरूका छाेरा छाेरी मामा घर जाने गर्दथे तर मेराे मामा घरकाे गाउँ मात्रै थियाे मामाहरू त कहाँ हाे कहाँ । मामाघर जाने रहर हुँदा हुँदै पनि मैले मेराे मामाकाे हातबाट दशैंमा कहिल्यै टिका लाउन पाइन । जव मामा बित्नु भयाे तव दशैंमा मामाकाे झल्काे आइ नै रहन्छ । मेराे बाल्यकालकाे रहर आज सम्म पुरा हुन सकेन ।
दशैंमा पैसा हुन्छ मनेर काकाहरूका छाेरा छाेरी मामा घर जाने गर्दथे तर मेराे मामा घरकाे गाउँ मात्रै थियाे मामाहरू त कहाँ हाे कहाँ । मामाघर जाने रहर हुँदा हुँदै पनि मैले मेराे मामाकाे हातबाट दशैंमा कहिल्यै टिका लाउन पाइन । जव मामा बित्नु भयाे तव दशैंमा मामाकाे झल्काे आइ नै रहन्छ । मेराे बाल्यकालकाे रहर आज सम्म पुरा हुन सकेन ।
दिनभरी साथीभाई, चिनेजानेको घरमा टिका थापेर पिङ्ग कसले बढी मच्चाउने बाजी लगाउँदाको त्यो क्षण अब कहिले आउला ? सबै साथीभाई भेला भएर एकअर्काको दक्षिणा कसको कति भयो भन्दै सोधासोध गर्दाको मज्जा नै बेग्लै ।
उमेर बढ्दै गयाे जिम्वेवारी बढ्दै गए बाल्यकालको दशैं पनि स्मरणमा मात्रै रहे ।अपसाेच दशैं मनाउन काठमाणडाैबाट गाउँ हिँडेकाे बस दाेलखामा दुर्घटनामा परी हाम्राे परिवारबाट ६ जनाकाे मर्त्यु भए पछिका दशैं खासै उल्लासमय हुन्नन् । लाग्छ दशैं किन आएकाे हाेला । कतिलाइ रूवाएर जाने दशैं, यही दशैंमा दजर्नाैंकाे ज्यान गइरहन्छ । मलाइ जव दाेलखा दुर्घटना भयाे तव दशैं दशें नभएर दशा जस्सँताे लागी रहन्धैछ ।
तर पनि बाल्यकालको दसैं रहरको दसैं हुने रहेछ । उमेर बढ्दै गएसँगै दसैं जिम्मेवारी र आफन्त भेटघाटको माध्यम बन्दो रहेछ । त्यसैले त भनिएको होला, ‘फेरी कहाँ आँउछ घुमेर, बालापनको उमेर ।’