-भरत पोखरेल
नवउदारवाद शब्दको पहिलो प्रयोग पहिलो विश्वयुद्धपछि जर्मनीमा फ्रेबर्ग स्कुलसँग आबद्ध अर्थशास्त्री र कानुनबेत्ताहरूले गरेका थिए । नवउदारवादलाई संस्थागत गर्नेकाम अष्ट्रियन अर्थराजनीति दार्शनिक फ्रेडरिक भन हाएकले सन् १९४७ मा मन्ट पेलेरिन समाजको स्थापनासँगै भयो, जसमा सदस्यहरू लुडविक भन माइसेज, मिल्टन फ्राइडम्यान, कार्ल पोपरहरू थिए । रेगन र थ्याचरका गुरु फ्राइडम्यानले नवउदारवादलाई वैश्विकीकरण गर्न सघाए ।
सन् १९७० मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले घोषणा गरेका थिए–अब हामी सबै किन्सियन हौँ । सन् १९८० को दशक अन्त्यतिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्ग्रेट थ्याचरले घोषणा गरे–अब हामी सबै नवउदारवादी हौँ । र, नवउदारवादको आँधी अहिले संसारमा चलिरहेको छ ।
नवउदारवाद शब्दको पहिलो प्रयोग पहिलो विश्वयुद्धपछि जर्मनीमा फ्रेबर्ग स्कुलसँग आबद्ध अर्थशास्त्री र कानुनबेत्ताहरूले गरेका थिए । नवउदारवादलाई संस्थागत गर्नेकाम अष्ट्रियन अर्थराजनीति दार्शनिक फ्रेडरिक भन हाएकले सन् १९४७ मा मन्ट पेलेरिन समाजको स्थापनासँगै भयो, जसमा सदस्यहरू लुडविक भन माइसेज, मिल्टन फ्राइडम्यान, कार्ल पोपरहरू थिए । रेगन र थ्याचरका गुरु फ्राइडम्यानले नवउदारवादलाई वैश्विकीकरण गर्न सघाए ।
सेप्टेम्बर ११, १९७३ मा चिलीमा साल्भाडोर एलेन्डेको सरकार ढालेपछि अगस्तो पिनोचे सरकारसँगै फ्राइडम्यानको नेतृत्वमा सिकागो केटाहरूले नवउदारवादको प्रयोग सुरु गरे । चिलीका पचासभन्दा बढी अर्थशास्त्रीहरूलाई सिकागो विश्वविद्यालयमा प्रशिक्षण दिइयो । त्यतिले नपुगेर चिलीको राजधानी स्यान्टीयागोमा नवउदारवादका नीति निर्माण गर्न निजी क्याथोलिक विश्वविद्यालय नै खोलियो । अमेरिकाको क्युनी विश्वविद्यालयमा निःशुल्क पढाउने व्यवस्था खारेजगरी शुल्क लगाइयो ।
नेपालमा नवउदारवाद अपनाउन विश्व बैंकका जागिरेलाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा नियुक्त गरियो । नेपाली जनताका छोराछोरीले सुविधा पाएको शुल्कमा वृद्धि गरियो र त्यसैलाई उपकुलपतिको सफलताको मानक मानियो । त्यतिले नपुगेर नवउदारवादको सहयोगका लागि सारथीको रूपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो तर यसले नाफा आर्जनको काम बाहेक अरु क्षमता नै आर्जन गर्न सकेन । यसैको एउटा कडी हो आजको बी एन्ड सी मेडिकल कलेजको सम्बनधनको विवाद । मार्सी चामलको मेजमानीले नवउदारवादका अनुयायीहरूका लागि यो बुमर्याङ भएको छ । नवउदारवादको छिद्रहरूबाट छिरेर स्वार्थ सिद्ध गर्न मदन भण्डारी विश्वविद्यालय, योगमाया विश्वविद्यालय, नेपाल विश्वविद्यालय आदि चाकरीको लाइनमा लम्पसार छन् ।
मार्सी चामलको मेजमानीले नवउदारवादका अनुयायीहरूका लागि यो बुमर्याङ भएको छ । नवउदारवादको छिद्रहरूबाट छिरेर स्वार्थ सिद्ध गर्न मदन भण्डारी विश्वविद्यालय, योगमाया विश्वविद्यालय, नेपाल विश्वविद्यालय आदि चाकरीको लाइनमा लम्पसार छन् ।
नवउदारवादी आवरणमा अमेरिकी रोनाल्ड रेगन, बेलायती मार्ग्रेट थ्याचर, चिलियन अगस्तो पिनोचे, रसियन बोरिस एल्तसिन, जापानी जुनिकिरो कोइजुमी, अष्ट्रेलियन जोन हवार्ड, चिनियाँ देङ स्याओ–पिङ, भारतीय मनमोहन सिंह, नेपाली गिरिजाप्रसाद कोइराला थिए भने यिनलाई सिकाउने सिकागो स्कुलका फ्राइडम्यान र अमेरिकी फेड अध्यक्ष पौल भोल्कर ।
नवउदारवादले बजारको नेतृत्वमा सरकारको भूमिका बिना समाज सञ्चालन गर्ने सिफारिस गर्छ । सरकारको भूमिका श्रमिकसँग कमजोर र पुँजीसँग दरो बनाउने माग गर्छ, निष्कर्षमा यसले सबै कुरालाई वित्तीयकरण गर्छ । नवउदारवादले विश्वमा पहिला राजनीतिक पार्टीहरू र अन्ततः सरकारमा हस्तक्षेपसँगै कब्जा गर्दछ । नवउदारवादीहरूले जस्तोसुकै तर्क गरे पनि परिणाम संतोषजनक छैन ।
सन् १९६० को दशकमा विश्वमा आर्थिक वृद्धि ३.५ प्रतिशत, १९७० को दशकमा २.४ प्रतिशत, १९८० को दशकमा १.४ प्रतिशत, १९९० को दशकमा १।१ प्रतिशत र सन २००० पछि १ प्रतिशतभन्दा पनि कम देखिएको छ । सन् २००७(८ को वित्तीय संकट र हाल कोभिड–१९ ले थिलथिलो भएको अर्थतन्त्र उकास्न नवउदारवादको सामर्थ्य छैन ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत लेखक पोखरेलको प्रस्तुत लेखक सर्वप्रथम लेफ्ट रिभ्यू अनलाइनमा प्रकाशित भएको थियो ।