-सीता ओझा
आदिमकालदेखि नै पूर्वीय सभ्यताले विकास गरेको समाजमा महिला र पुरुषको विवाहको धारणा, सम्बन्ध र कामको परिभाषा फरक गरेको पाइन्छ । वर्तमान सन्दर्भमा लैङ्गिक समानता र सामाजिक न्यायको दृष्टिकोणबाट विभेदहरूको चिरफार र समानताको आधारमा शैल्यक्रिया गर्न प्रयत्न गरिदैछ । यस्ता प्रकृतिका भेदभावपूर्ण सामाजिक असजिलाहरू परिवार बचाउने नाममा राज्य, परिवार र निजी स्वामित्वको व्यवस्थाअघिदेखि नै महिलाको विरूद्ध/ अहित र निजीकरण गरेर विकास गराएर ल्याएको भेटिन्छ । परम्परागत मान्यताको विरूद्ध अग्रगमनको मान्यताको विजारोपण गर्नेहरुले पनि सामाजिक रूपान्तरणका यस्ता विषयहरुलाई प्राथमिकतामा राखेर, भएका भिन्नता र असमानताका विषयमा चर्चा / वहस गरेको विषय खास भेटिएको छैन । यसरी परम्परागत रुपमा सुरुवात भएका तर वैज्ञानिक आधार नभएका सामाजिक विधि र रितिहरुका वारेमा रुपान्तरित हुने विषयमा ठोस रुपमा कार्यक्रम बनाएर कसैले बोलेका छैनन् । अनौपचारिक रूपमा एकाधले बोलेकाहरूको पनि ठोस कार्यक्रम, निरन्तरता र परिवर्तन नहुन्जेल गर्ने प्रयत्न गरेको पनि भेटिएको छैन । कुनै एउटा विषयमा कुनै एकदिन कुनै संघसस्थाले निम्त्याएर यातायातको नाममा सहुलियत प्रदान गरेको अवस्थामा विचार राख्ने अवसर मिल्नेको बेला या राष्ट्रिय ÷ अन्तर्राष्ट्रिय परियोजना पाएर परियोजना रहुन्जेल मिल्दासम्म,भन्ने,लेख्ने र बोल्ने बाहेक बनेका नीति कार्यान्वयनमा खास चासो देखिन्न । त्यस्तै रूपान्तरणका विषयमा देखिएका समस्या या ग्यापको विषयमा खासै चिन्ता गरेको पनि पाइएको छैन ।
मानिसहरु कसैले बोलेको कुराको आधारमा आकर्षित भएर या बसेको बानी र व्यबहारमा परिर्वतन गर्न नसकेको जस्तो गरेर पनि सामाजिक अपराधमा संलग्न भएका र हुने गरेका थुप्रै घटनाहरू हामीले पढ्ने र सुन्ने गरेका छौं । हाम्रो बानीमा भएको अर्गेलोका कारण मानिसले आफ्नो मान्यता र रूग्णता सितिमिति त्याग्न सक्दैन । साथै आफ्ना सोंचमा भएको रूग्णताको पहिचान गर्न पनि खोज्दैन । यस्ता व्यवहारको त्याग नगरि परिवर्तन या रूपान्तरण संभव छैन । यसरी व्यवहारमा परिवर्तन गर्नुपर्ने अवस्था आएमा मानिसले आफैं कमजोर भएको महसुस गर्नु या पछाडि पारिएको ठान्ने परम्परागत सोच रहेसम्म पक्ष र विपक्षको रूपमा विभेद या अन्यायमा भइरहन्छ । यस्ता कुराको हेक्का, सवलहरुले पटकै थाहा पाउदैनन । विवेक नै शून्य भएकाले हो या हुदै नभएर हो,हामी धेरैले यस्ता व्यवहारको बेवास्ता गरिरहेका हुन्छौ । आम नागरिकलाई कानूनले यस्ता विभेदकारी व्यवहार सहन बाध्यकारी बनाएको त छैन तर, सहनेले घर बनाउन,परिवारको इज्जत जोगाउन या विद्रोह गर्न नजानेर अथवा नसकेर निरिहताको कारण सहन बाध्य भएको हुनसक्छ । कतिपय बेला आफ्नो अस्तित्व रक्षाको लागि पनि सहनु पर्ने बाध्यता सृजना भएको हुनसक्छ । परिवारमा या समाजमा बाच्नकालागि उसले ती कुरा सहन गर्ने बाहेक अन्य उपाय नै नभएको अवस्था पनि त हुनसक्छ । नसहे या फरक विचार राख्न थाले परिवार र नातासम्बन्ध भित्रबाट पनि एक्लै पारीन्छ , निशेध गरिन्छ र व्यक्तिलाई नै खराब बनाइन्छ । न्याय र समानताको सट्टा मिल्नेमिलाउने नाममा विद्रोह गर्नेलाई बहिष्कार या अन्यायपूर्ण व्यवहारले थामथुम पारिन्छ । घरपरिवारमा हुने र गरिने यस्ता प्रचलनहरू अहिले नेपालमा कार्यरत राजनीतिक दल र दलिय संरचनामा फरक विचार र मत राख्नेहरूप्रति लक्षित व्यवहार र बहिष्कारणका समाचार बनेका थुप्रै उदाहरण हामीले प्रसस्तै देखे सुनेका छौं ।
अहिलेको हाम्रो पारिवारिक संरचना र व्यवहारलाई केलाउने हो भने एकल महिलाको अबस्था कस्तो रहेको छ ? पारिवारिक संरचनाभित्र एकल महिलाहरूको पारिचय , स्थान,भूमिका र पहिचानको अवस्था संविधान र कानुनले व्याख्या गरे अनुसार छ त ? निश्चय पनि यसको जवाफ आउछ –छैन । अर्थात महिलाले आश्रित ,संरक्षित, दया र निगाहमा मात्रै बाच्ने अवस्था छ,भन्ने आधार प्रसस्तै भेटिन्छन् । चेतना र शिक्षाको हिसाबले पहिले भन्दा अहिलेको समय थोरै बदलिएको छ । समयले प्रविधि भित्र्याउँदा सूचना र सञ्चारले प्रसस्तै ठाउँ पाएको छ । विश्वव्यापीकरणको कारण राजनीति र राज्यका कानुनहरु निकै बदलिएको अवस्था छ । समाज र परिवारमा थोरै खुलापन आएको छ । तर महिला र पुरुष विच सव्यताको विकाससगैं कोरीदिएको भिन्नताको सीमारेखामा हेर्दा बदलाव देखिए पनि खासै बदलाब आएको देखिन्न । पहिले र अहिलेमा रूप बदलियो तर सार विभेदकारी नै छ । विश्वका दार्शनिकहरूले अहिलेसम्म भिन्नभिन्न रूपमा सिद्धान्तको केवल व्याख्या मात्रै गरे, प्रतिवादित सिद्धान्तको प्रमुख कुरा त मानिसको व्यवहारिक जीवनको परिवर्तन हो । अहिलेसम्मका परिवर्तनले त्यो व्यवहारमा खास बदलाब देखाउन सकेन । आन्दोलन सकिएको केही समयपछि विस्तारै आन्दोलनकारीहरूमा नै यथास्थितिवादी हरेक व्यक्तिका सोचहरुमा भित्रभित्रै औंसा पारिरहेको भेटियो ।त्यस्ता व्यवहारले कम्मजोर झन कमजोर हुन्छ, बलियोले सधैं निर्धोलाई खेद्छ । हाम्रो पारिवारिक संरचनामा अहिले पनि बोल्दा र व्यबहार गर्दा फरक नै गरिनेछन् । पारिवारिक शक्ति र मर्यादामा रहेकाले अरुलाई प्राय हेपिरहेकै देखिन्छ । त्यसरी गरिएको वर र परको व्यबहार हटाउने कहिले होला ? भन्ने प्रश्न र उत्तर दुबै हामी आफैँले खोज्नु पर्ने होकी ! जस्तो लाग्छ ।
एउटै रक्त सम्बन्धका छोरा र छोरीबीचमा आमाबाबुले गर्ने गरेको या रहेको विभेद होस या फरक रक्त सम्बन्धभित्र गाँसिएको ज्वाइँ र छोरीविचको नाता,सम्बन्धमा नै किन नहोस, स्वयम् जन्माउनेले नै महिलालाई नै अन्यायमा पारिरहेका हुन्छौं । गाँसिएको नाता र रगतको नाता छोरी र बुहारीबीच पनि हामीले व्यबहारमै भिन्नताहरु गर्ने गरेका छौं । रक्त सम्बन्धभित्र गरिने र हुने यस्ता व्यवहारगत विभेदहरु निकै निन्दनीय र निकृष्ट प्रकृतिका छन् । अझै पनि हामी परिवार बनाउने नाममा यस्ता भेदहरू गर्दैछांै, मौन या चुपचाप सहने र संस्कृतिको नाममा कम्जोरलाई ठगिरहेका छौं ।
हामी छोराछोरीको विवाह घर धान्न र व्यवहारबाट फुर्सद पाउनका लागि गर्छांै । यस्तो प्रचलनले घर भित्र पतिपत्नीबीच हुने र गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने देखिन्छ । सुधार नहँुदा पारिवारिक जिम्मेवारी र बोझ महिलामा नयाँ महिला पर्न जान्छ र पारिवारिक किचलो सुरू हुन्छ । परिवारका सबै सदस्य जोडि नभएको पनि हुनसक्छन् । यस्तो बेला परिवारमा एकल भएको व्यक्तिलाई सहयोग र समर्थन गर्ने सदस्य नभेटिन हुनसक्छ र ब्यवहारले थिच्ने गर्छ । विषेशगरि यस्तो समस्या एकल भएको महिलामा बढी पर्न जान्छ ।
अहिलेसम्म हाम्रो समाजले महिला एकल बस्नु सामाजिक अपराध जस्तै ठान्ने गर्दछ । एकल बसेपछि माता पिता लगायत घरको सम्पूर्ण पक्षको हेरचाह एकलले गर्नुपर्छ भन्ने मान्यता जोड्ने गरिन्छ । अविवाहित छोरी एक्लै बस्ने हकै हुन्न झंै गरि निगरानी र कटाक्ष गर्ने प्रचलन सर्वत्र छ । साथै जगन्य सामाजिक अपराध नै गरे झैं घर,परिवार,नाता,सम्बन्धभित्रैबाट हेपाइ र र्दुवचन सहन गनुपर्ने अवस्थाहरु प्रसस्तै छन । यस्ता व्यवहार संविधान विरोधी ,कानून हातमा लिने र मानवअधिकार विरोधी गतिविधिहरु हुन् । तर, हामी सामाजिक अगुवाले बोल्न सकिरहेका छैनौं ।सक्दैनौ । उनीहरुको सम्पतिको हक, मौलिक हक, स्वतन्त्रताको हक हो भनेर मुख खोल्न नसकेकै कारण समाजमा महिलामाथि प्रसस्तै हिंसा भएका घटना पनि देखेका छांै ।
अविवाहित होस या डिभोर्सी या विधवा, व्यक्तिले विवाह गर्नु या नगर्नु व्यक्तिकै स्वतन्त्रताको कुरा हो । विवाह सामाजिक आवश्यकता हो ।हाम्रो समाजभित्र यस्ता कुरामा व्यक्तिलाई बाध्यता पारिन्छ । बाध्यात्मक बनाउने कुरा मानवअधिकार विरोधी कुरा हो । कतिपय बेलामा हामी मानिसलाई बाध्य पारेर जवरजस्त विवाह गराउछांै । विवाहपछि परिवारिक संरचनामा हुने फेरबदल र थप योजनाका बारेमा सोच्दैनांै । परिवार चलाउने कुरामा हाम्रो कुनै योजना छैन, हुन्न । चल्तिको गाडी जस्तो परिकल्पनाले थपिएको सदस्यलाई अमैत्री वातावरण बन्छ । यस्तो सोच्न बनाउने सिकाइ हामीले पाएकै छैनौं । थपिएको सदस्यसँगको पारिवारिक अपेक्षा यसले पुर्याउने क्षमता उसले राख्नुपर्ने हो या होइन सोच्दैनौं । उसको दायित्वमा पर्छ भने उसले त्यो क्षमता राख्छ या राख्दैन विश्लेषण नै गर्दैनौं । यथार्थ नहेरि अपेक्षित व्यवहार पुरा गराउनेतिर लाग्छौ । विचारको भिन्नता यहीँबाट सुरूहसुरू हुन्छ र अन्तरविरोध जन्मन्छ । अन्तरविरोधको व्यवस्थावनकालागि समस्याको पहिचार ,समस्याको सम्बोधन ,मैत्रीपूर्ण व्यवहार र आयस्रोतको पारदर्शिता र श्रोतको पहिचान र वितरण प्रणालीमा सामाजिक न्यायको व्यवहार नै पहिलो आवश्यकता हुन पर्छ , भन्ने हेक्का नभएको या नबनाएको कारण पारिवारिक कलह वा तनाव झन बढ्छ । त्यसपछि परिवारभित्र हरेक मानिसमा तनाव सृजना भइ मनोसामाजिक समस्यामा पर्ने,आर्थिकसामाजिक व्यवस्थापनको लागि घर छोड्ने,छुटिने, विदेशीने खतरा बढछ । यो अवस्था नै सामाजिक ,आर्थिक अस्वस्थता हो । यस्तो अबस्थाका कारण महिला या पुरूष एकल हुनसक्छ । यस्तो अवस्थामा एकल भएको महिला नै असुरक्षित र जोखिममा पर्छ ।
मानिसलाई कुन बेला कस्तो प्रकृतिको रोग लाग्छ ? घटना या र्दुघटनाहरू कारण मिनेटभरमा जिवन समाप्त हुनसक्छ । मानिसको जीवनको कुनै भरोसा छैन । यस्ता असमाहिक कुरा महिला या पुरुष जो कोहिलाई पर्न सक्छ । हाम्रो समाज यस्ता घटना घटीसकेपछि एकल हुने महिलालाई गरिने व्यवहार र उसबाट घरभित्रको कामको अपेक्षा निकै क्रुर देखिन्छ । त्यहि विपत पुरुषलाई परे घाटैदेखि विकल्पका बारे चर्चा गर्छन् भने महिलालाई सर्वत्र नङ्गिग्याएर कुरुप पारिन्छ । यसरी कुरुप पारिएकीलाई विधुवाको संज्ञा दिएर अशुभको प्रतीक बनाएर सामाजिक मर्यादाबाट उडाइन्छ । त्यो विधवाले गुमाएका पतिको नाम जपेर हजारौ चुनौतिको सामना गर्न वाध्यपार्ने पनि हाम्रै समाज हो ।
विवाह व्यक्तिको जीवनको आवश्यकता, चाहाना र योजनाभित्रको निर्णय हो भन्ने मान्यता विरुद्द सामाजिक र पारिवारिक इज्जतको परिभाषामा राखुन्जेल समाज र परिवारमा यस्ता कम्मजोर स्थानमा रहेकामाथि विभेद भैरहन्छ । समाजका अगुवाहरूले यस्ता विषयमा हेक्का राख्नु हरूले,देश चलाउने राजनीतिक दल र सामाजिकअभियान्ताहरुको प्रमुख विषय नै हो । तर, उनीहरुका छलफलमा यी विषय परेका देखिन्नन् । परिर्वतनले ल्याएका यस्ता विषयहरु परिवारको आवश्यकतासगँ जोड्नु हुदैन । यसरी जोड्दा गाँसिने पारिवारक बोझले विवाहित दम्पति या एकल भएकाहरू नाता सम्बन्धका आवश्यकता पुरा गर्न नसकेर टाडिने अवस्था बन्छ । साथै बस्दा पनि सम्बन्धमा दुरी बढ्छ र जटिल बन्ने गर्छ । यस्तो व्यवहारले परिवारमा अपारर्दशिता जन्मन्छ र सम्बन्ध विच्छेद हुन पनि सक्छ । मानिसले विवाह सम्बन्ध बनाउनकालागि गरेको हुन्छ विछोड हुन होइन । एकल बस्नु÷ विवाहित या अविवाहित अथवा सम्बन्ध विच्छेद गरेर आमाबुवाको साथ बस्ने छोरीलाई पनि एकलकै दर्जा दिइन्छ र परिवार भित्रैबाट उपेक्षाको सुरुवात गरिन्छ । अविवाहित छोरी भिन्न बस्न हुन्न या सक्दैन भन्ने सामाजिक मान्यता त छ नै साथमा पाउने अंशधन अन्यत्र जाला भन्ने डरले एकघरका अंशियारले भिन्न बस्न निशेध गरेको व्यवहार झन पिडादायी छ । त्यस्तै पतिले छोडेकी र विधुवा बनेकीको पनि यस्तै स्थान,मान र भुमिकामा जोडिदिने र अधिनमा राख्ने प्रचलनले एकलमाथि हिंसा र विभेद गरिएको छ ।
यस्ता पारिवारिक अन्तरविरोधहरूले दम्पतिमा मन मुटाव र समस्या सृजना हुन्छ, सक्छ । विशेषगरी विवाहितहरूले केटीहरुलाई परिवारसगँ नमिलेको अरोप लगाउछन् । घरभित्र आमाहरुको बुहारीलाई छोरा हुँदा गर्ने व्यवहार र छोरा नहुँदा गरिने व्यवहारमा निकै अन्तर हुनेगरेको देखिन्छ । यस्ता कुराले नवआगन्तुक महिलालाई पिडा भइरहेको र सुनुवाई नभएकै कारण पतिपत्नीबीच अविश्वास बढ्ने र विस्तारै दरार सृजना भैरहेको हुन्छ । यस्तो विषयले सम्बन्ध जोडिएर आएको महिला विस्तारै घरपरिवारको बन्धनमा बाँधिनु पर्ने प्रचल अझै छदैछ । यसरी घरधन्दामा लागि पर्नु चाहिँ परिवारको खुसी मान्ने प्रचलनले बुहारीको योग्यता र क्षमताको मुल्याकंन गर्न चुक्छन् । विस्तारै जोडिएको नाताकी वुहारीको आत्मसम्मानमा चोट पर्नजान्छ । यसको पूर्ति उनले आफ्नो पहिलो नाताको पतिको भूमिकामा खोज्छिन् । पतिले घरव्यवहार सल्टाउने कुरालाई दनाव ठान्छन् र पन्छिन खोज्छन् । छोरा पन्छिएको कुरा परिवारले गर्नै खोज्दैनन् । विधि, व्यवहार र घोचपेच माध्यमबाट त्यो विषय महिलामा पर्न जान्छ र अनेकौ समस्याहरु उत्पन्न भएर सम्बन्ध विच्छेद भएका घटना पनि छन् ।
परिवारभित्र पतिको सबैसगँ पहिलो नाता हुन्छ । व्यवस्थापन पनि उनैले नै गर्ने हो । तर हाम्रो समाजले घरभित्रको ब्यवस्थापनमा पुरुषको कुनै दायित्व नबनाइदिएकै कारण अनेकौं समस्याहरु सृजना भएका छन् । यस्ता समस्या पुरुषको हुर्काइमा भएको जटिलताको कारण पनि महिला सम्बन्ध विच्छेद गर्नपर्ने अवस्थामा पुग्छन र एकल बन्नुपर्ने बाध्यता देखिन्छ । पृष्ठभूमिका अनेकौ अपमानलाई गौण बनाएर पुनः महिलालाई नै आरोप लगाएर अपराधी बनाउने र हेप्ने प्रचलन विवाहित तर सम्बन्ध विच्छेद गरेका एकलहरुले व्यहोर्नुपर्ने बाध्यता पनि कम छैनन् ।
अहिले पनि महिलाको होस् या पुरुषको विवाह नगर्नु या नहुनुलाई त्यो व्यक्तिको अथवा परिवारको समस्या ठानिन्छ र अपराध मानिन्छ । ठानिने मात्रै होइन कतिपय बेलामा चरित्रमा दोष लगाउने , चोर या बोक्सिको शंका गर्दै मलमुत्र खुवाउने ,कुटपिट गर्ने र समुदायबाट अलग गर्ने गरिन्छ ,उसको आर्थिक, सामाजिक हकबाट नै बन्चित गराइन्छ । यसो गरिरहदा नाता,सम्बन्ध र जननिर्वाचित प्रतिनिधिहरू रक्त सम्बन्धका पक्षमा लागेर महिलालाई एक्ल्याएका सयौं घटना छन् । यस्ता अपराधको बर्खिलापमा बोल्ने भेटिन्न । उल्टै दङ्ग पर्ने गर्छौं , किन ?
त्यस्तै परिवारमा अविबाहित या अन्य एकल महिला देखेपछि जल्दा बल्दा अन्य सदस्यहरुले जेष्ठ नागरिकको संरक्षणमा जिम्मा लगाउने र आफू पन्छिने प्रचलन पनि प्रसस्तै देखिन्छन । यसरी पन्छाउने कुराले पारिवारभित्र बल र शक्तिमा हुनेले सामाजिक न्याय गरेको ठहर गर्छ र ? एकल हुनु या बस्नुको अर्थ उसको वैयक्तिक स्वतन्त्रताको हरण या तिलान्जली दिनु हो र ! यस्ता विषयमा हाम्रा कानुनहरु अझै किन मौन छन ?
आधुनिक परिभाषामा परिवारको व्याखा व्यक्ति स्वयम मात्रै रहे पनि परिवार हो भनेर परिभाषित गरेको अवस्था छ । हरेक व्यक्तिको आर्थिक, सामाजिक,सास्कृतिक र राजनीतिक सम्बन्धहरु हुनेगर्छन् । त्यहि सम्बन्धको आधारमा व्यक्तिले सामाजिक आर्थिक सम्बन्ध बनाउछ । यस्तो हक,अधिकार र स्वतन्त्रता उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यता र चिन्तन अझै हाम्रो समाजमा विकास हुन र गराउन सकेका छैनौं ? रुपान्तरणका लागि यो र यस्ता अनेकौं विषय छन् , ती विषयको वहस गर्नु पर्ला नि !
अविवाहित या एकल भएका कारणले व्यक्तिको सामाजिक मान मर्दन हुनु या गर्नु सामाजिक अपराध हो । नेपालको संविधानको भाग तीन धारा १६ र १७ ले व्यवस्था गरेको नागरिकले सम्मान पुर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हक प्रति राज्यका कार्यान्वयन गर्ने निकायको निस्कृयताको कारणले यस्ता नागरिकलाई हुन र पर्न गएका अनेकौं समस्याको सम्बोधन कसरी गर्ने ? महिला एकल हुनु ,विवाह नगर्नु ,विधवा हुनु सामाजिक अपराध होइन । विवाह वैयक्तिक कुरा हो सामाजिक आवश्यकता बाध्यता होइन ।व्यक्तिको पारिवारिक हकको उपभोग गर्ने कुरालाई सरल तरीकाले बुझ्ने प्रचलनको विकास गरौ । अनि मात्रै पारिवारिक सम्बन्धको जुनो बलियो हुन्छ र सद्भाव कायम भई मैत्रीपूर्ण परिवारको कल्पना गर्न सकिन्छ । परिवारभित्रका सदस्यहरूको भुमिकामा गरिएको निषेध वैचारिक दरिद्रता ,यथास्थितिवाद र सर्वसत्तावादी सोच हो । यसले सम्वृद्दि प्राप्त गर्न सकिन्न भन्ने कुराको अनुभुति परिवारको व्यवस्थापन गर्ने, आर्थिक,सामाजिक पहुँचमा हुनेले बुझन्न सक्यो भने मात्रै परिवारमा सन्तुलन कायम हुनसक्छ होला ।
लेखिका महिला अध्ययन केन्द्रका अध्यक्ष हुनुहुन्छ ।