–विजय पाैडेल
जीवनमा सफल हुन न चाहने मान्छे पनि सायदै भेटिएलान्,सफल हुनु पर्छ भन्ने पनि सबैलाई थाहा छ । तर,जीवनमा कहाँनिर गएर यस्तो भइ दिन्छ की मान्छेले सोचेको कुरा त परे जाओस्, जीवनमा कल्पना पनि नगरेको ठाउँमा गएर जीवनले यसरि फाली दिन्छ । जहाँबाट हामीलाई माथि उठ्न निकै मेहनत गर्नु पर्छ । अधिकांश त त्यसबाट बाहिर आउनै सक्दैनन् ,आखिर जीवनमा यस्तो किन हुन्छ त? के हामीले आफूले चाहे जस्तो जीवन निर्माण गर्न सक्दैनौ त ?
पक्कै पनि सकिन्छ । यो बाटो गह्राे पक्कै होला तर असम्भव चाहिँ छैन, जुन कुरा जीवनमा सफलताको स्वाद चाखिसकेका मान्छेले भन्ने गर्छन् के हुन् त ती कुरा ? जसले हामीलाई जीवनमा सोचेको सबै कुरा पुरा गर्न सहयोग गर्छन, आउनुहोस चर्चा गरौँ।
लक्ष्य निर्धारण :
मान्छेले जीवनमा सफलताका लागि गर्नुपर्ने सबै भन्दा महत्वपूर्ण काम भनेको नै लक्ष्य निर्धारण हो, तर विडम्बना अधिकांश मान्छेले लक्ष्य निरधारण कुरा त परै छोडौँ लक्ष्यको बारेमा विचार नै नगरी आफ्नो महत्वपूर्ण जीवन यत्तिकै काटिरहेका हुन्छन् । भन्दाखेरि गफ गरेजस्तो हुन्छ तर यदि तपाइले केही मान्छेलाई भेटेर तिम्रो जीवनको लक्ष्य के हो? भनेर सोध्नुभयो भने अधिकांश मान्छे एकछिन् टोलाउछन् र भन्छन् ' खै केही सोचेकै छैन ।
कस्तो अचम्म ! आफू कहाँ जाने भन्ने पनि थाहा छैन भने जीवनमा त्यो मान्छे कहाँ पुग्ला, एउटा उदाहरण लियौं तपाईले एउटा चिठी लेख्नु भयो, त्यस्मा तपाईले ठेगाना नै राख्नु भएन भने के त्यो चिठी कहीँ पुग्ला ? कहीँ पनि पुग्दैन । त्यस्तै लक्ष्य नभएको मान्छे पनि जीवनमा कहाँ जाने भन्ने थाहा नै हुदैन जसको जीवनमा लक्ष्य हुदैन उसलाई अरुले आफ्नो फाइदाको लागि प्रयोग मात्र गर्छन् । त्यसैले तपाइले जीवनमा लक्ष्य बनाउनु भएको छैन भने आजै बनाउनुहाेस् यसले तपाइलाई जीवनमा आफूले जिउन चाहेको जीवन जिउन सहयोग गर्छ र तपाईलाई अरु चाहेर पनि आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्दैन्।
निरन्तरता :
मान्छेले यदि जीवनमा लक्ष्य बनाइहल्यो र त्यसमा काम गर्न थाल्यो भने पनि निरन्तरताको आभाव ले गर्दा उ आफूले बनाएको लक्ष्य पूरा गर्न असर्मर्थ हुन्छ । कारण हो निरन्तरताको कमी । निरन्तरताको कमी पनि दुइटा कारणले गर्दा हुने गर्छ ।
पहिलाे आफ्नो रुचिको विषय छान्न नसक्नु अथवा आफूलाई चिन्न नसक्नु र अर्को कारण हो धैर्यताको कमी । हामी जे कुरा पनि छिटो खोज्छौं । जस्ले गर्दा हामी भित्रको धैर्यता हराउदै गएको छ जसले हामीलाई छिटो सफल हुने आशमा झन् असफल बनाउदै लैजान्छ । यदि हामीले आफ्नो रुचिको विषय छान्न सक्यौ भने हामीलाई निरन्तरता दिन केही गाह्राे पर्दैन । किनभने जुन काममा तपाईको रुचि छ त्यो काम गर्दा काम गरेजस्तो महसुस नै हुँदैन । त्यसैले हामी यी दुई कुरामा विशेष ध्यान पुर्याउनु पर्छ
असफलताको डर :
असफलता जति ठुलो नै किन नहोस् त्यो भन्दा भयंकर हुन्छ त्यसको डर । उसो भए के सधैँ असफल भइन्छ भनेर केही नगरेर बस्ने त ? तर यो समाधान होइन, जोसुकै पनि सफल व्यक्तिले असफलताको डरको कुरै छोडौं उनीहरुले असफलता भन्ने शब्दलाई आफ्नो शब्दकोशबाट निकालेका हुन्छन् उनीहरु असफल भइन्छ भन्नुको सत्ता "म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु" भन्छन् यो मानसिकताले जीवनमा असफल हुन्छु कि भन्ने डरलाई जित्न सहयोग गर्छ । र अर्को कुरा उनीहरुले सम्भावित जोखिमलाई कसरी कम गर्न सकिन्छ भनेर त्यसको पूर्व तयारी गर्छन जसले गर्दा उनीहरुलाई जोखिम न्यूनीकरण गर्न सहयोग गर्छ । हामीले पनि जीवनमा असफलता नआओस् भन्नको लागि जोखिम न्यूनीकरणको मार्ग छान्नु पर्दछ।
नक्कल गर्ने बानी :
प्राय: सबै मान्छेलाई ओरिजिनल र फोटो कपीको महत्व र मूल्य थाहा हुन्छ तर थाहा हुँदा हुँदै पनि उनीहरु एक अर्काको नक्कल गर्न पछि हट्दैनन् । आफूलाई दुई रुपैयाको फोटोकपी भन्दा पनि सस्तो बनाउछन् जबकी वास्तविक कपी अमूल्य हुन्छ भन्ने कुरा भुसुक्कै बिर्सिन्छन हामीले पनि जीवनमा अद्भुत सफलताका लागि अरुलाई नक्कल गर्नुको सट्टा आफ्नो शक्ति चिनेर त्यस अनुसार नै काम गर्नु पर्छ ।
अरुसँग तुलना गर्नु :
अधिकांश मान्छेले अरुको कुरा, तुलना त गर्छन तर उनीहरुले आफूलाई पनि अरुसँग तुलना गर्न पछि हट्दैनन् । यदि तपाईं बास्तबमै सफल हुन चाहनुहुन्छ भने यो तुलना प्रतिस्पर्धाको संसारबाट बाहिर आउनुपर्छ यसले तपाईलाई अलग बनाउछ । हामीले माछालाई आकाशमा फ्याकियाे भने के त्यो माछाले केही गर्न सक्ला ? त्येस्तै गरी हामीले चरालाई लगेर पानीमा डुवाइदियाे भने के त्यो चराले केही गर्न सक्ला ? आवश्य सक्दैन । त्यसैले हामीले अरुसँग दाज्नु भन्दा आफूलाई र आफ्नो क्षमतालाई चिन्न नसकेसम्म हाम्रो असफलताको बाधक तुलना, प्रतिस्पर्ध बन्न सक्छ।
समय को महत्व :
प्राय: सबैलाई पैसाको महत्व त थाहा हुन्छ तर समयको महत्व बुझ्न अलि समय लाग्छ यो नै एउटा गम्भीर समस्या हो । हामीले समयलाई वास्ता गरेनौ भने समयले पनि हामीलाई वास्त नगरी एउटा आन्धकारमा लिएर फाल्नेछ त्यसैले हामीले उचित समयमा उचित काम गर्न सक्नुपर्छ ।
माथि उल्लेख गरिएका कुरा हामी सबैले पालान गर्ने हो भने हामी पनि पक्कै सफलताको स्वाद चाख्न पाउनेछौं ।