–रम्भा पौडेल
आज भाद्र २९ । बालबालिकाका अधिकारका बारेमा छलफल र बहस गर्ने दिन । सर्वप्रथम सम्पूर्ण बालबालिकामा बालदिवसको हार्दिक शुुभकामना ।
नेपाललाई चार्डपर्वको देश भनेर चिनिन्छ । विविधतामा एकता । विविध धर्म संस्कृति र चार्डहरुको देश । कति चार्डहरु धार्मिक छन् त कति गैरधार्मिक । बाल दिबस गैरधार्मिक चाड हो । बाल दिवसको इतिहास लामो छ । २०२१ साल भाद्र ४ गते नेपालमा बाल संगठनको निर्माण गरी बालमन्दिरबाट बाल दिवस मनाउने परम्परा थालियो । तत्कालिन रानी रत्नको जन्मदिनको अवसरमा बाल दिवस भाद्र ४ गतेबाट मनाउन थालिएको इतिहास छ ।
२०६३ को आन्दोलनले नेपालबाट राजसंस्था समाप्त गरी गणतन्त्र स्थापना ग¥यो । अहिले यो दिवस नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको दिन भाद्र २९ लाई बाल दिवसको रुपमा मनाउन थाल्यो । बालबलिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता कुरामा नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रतिवद्घता प्रकट गरेको दिनको रुपमा यो दिनलाई लिइन्छ ।
मुलतः बालबालिका १८ वर्ष मुनिका नागरिक हुन् जसको संरक्षण र सम्वद्र्धन गर्नुु मुलतः राज्यको दायित्व हो । विचारमा परिपक्व नभएका बालबलिकाहरु हत्या, हिंसा, बेचबिखन र बलात्कारजस्ता जघन्य अपराधबाट बचाइनु पर्दछ। उचित शिक्षा, सुरक्षित जन्मने र हुर्कने, आफ्नो नामबाट परिचित हुन पाउने, पोषणयुक्त खानाका साथै सुरक्षित वातावरण बालबालिका अधिकार राज्यले प्रदान गर्ने मौलिक अधिकार हुन । यी अधिकारको उचित प्रयोगले नै बालबालिकाहरु ऋाफ्नो व्यक्तित्व विकास गर्दै जान्छन् ।
शिक्षा, स्वास्थ, पोषण र सुरक्षासंगै आजका बालबालिकामा उचित संस्कार र असल विचारको खाँचो बढ्दो छ । बालबालिको पहिलो पाठशाला घर हुने भएकोले संस्कारको थालनी परिबारबाट शुरु हुनु पर्छ । त्यसका लागि आजका अभिभावक पनि आफ्ना नानीहरुका गतिविधिप्रति उत्तिकै जागरुक हुन जरुरी छ । परिवारमा असल संस्कार सिकेको बच्चाले नै विद्यालयमा पनि चौतर्फी विकासमा ध्यान दिन सक्छन् । परिवार र विद्यालयले असल संस्कार सिकाएनन् भने बालबलिकाले आफ्ना अधिकारको उचित पालना गर्न सक्ने छैनन् ।
बालबालिका हरेक देशका भविष्य निर्माता हुन् । भोलिको देश कस्तो बन्ला भन्ने कुरा आजका बालबालिकाले प्राप्त गरेको शिक्षा र संस्कारले निर्धारण गर्दछ । त्यसैले भनिन्छ बालबलिकालाई पैसा होइन असल संस्कार दिनुहोस् । संस्कारी बालबालिकाले नै आफ्नो घरपरिवार देश र समाज चिन्दछ । त्यही अनुसार ब्यबहार गर्न पनि जान्दछ । आाफ्नो घर–परिवार देश र समाजमा बस्न र माया गर्न सिक्दछन् । संस्कारको निर्माणको पहिलो जग परिवार नै हो । आजका बालबालिकामा सामाजिक मेलमिलाप, सहयोग र सत्कारको संस्कार हराउँदैछ ।
परिवारभित्र बाबुआमा, दाइभाइ, दिदी र बैनीले भनेका कुरा सुन्ने, मनन गर्ने अनि मात्र आवश्यक प्रतिकृया दिने बानी परिवारबाट नै थालनी गर्नुपर्छ । अरुले भनेका कुरा सुन्दै नसुन्ने र छिटो प्रतिकृया दिने, मिहिनेत र पसिनाबिना नै ठुलो उपलब्धि खोज्ने प्रवृति बालबालिकामा देखिँदै छ । मिहिनेत र पसिनाको फल नै मीठो हुन्छ भन्ने कुरा अहिलेका बालबालिकालाई सिकाउनै परेको छ ।
अहिलेका बालबालिकामा मिहिनेत नगरी ठुलो महत्वाकाँक्षा बोक्ने समस्या देखिँदैछ । उसले ग¥यो तिमीले किन गरेनौ भन्नुभन्दा सफलताका लागि निरन्तरको मिहिनेत र धैर्यता आवश्यकता पर्छ भन्नेकुरा पनि आजका बालबालिकालाई बुुझाउन जरुरी छ । साथिभाइसंगको जमघट, पारिवारिक मिलन र सामाजिक सहकार्यमा आफ्ना बालबालिकालाई लगाउँ ।
यहीँबाट नै उनीहरुले समामाजिक र पारिवारिक संस्कार सिक्छन् । सूचना र प्रविधिले बालबालिकालाई छिटो सिक्ने र बुझ्ने मौका दिएको छ । तर यसलाई सकारात्मक बनाउँदै उनीहरुलाई असल सामाजिक संस्कार सिकाउँ । मोबाइल र कम्पयुटरमा मात्र होइन, साथिभाइ र समाजमा घुलमिलहुने वातावरण अहिलेका नानीहरुलाई आवश्यक छ । बालापनको उन्मुक्त जीवनलाई बन्देज होइन असल संस्कारबाट विकास गरौँ ।
आजको असल संस्कारले नै भोलिको असल भविष्यकाे निर्माण गर्छ ।