काठमाडौं । ब्रेन ह्यामरेजका कारण मेडिसिटी अस्पताल ललितपुरमा उपचाररत पत्रकार दीपेन्द्र दोङको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ७२ घण्टाका लागि अब्जर्भेसनमा राखि उपचार जारी रहेको र हाल अवस्था स्थिर रहेको अस्पतालले जनाएको हो ।
प्राडा गोपाल शरण शर्माको नेतृत्वमा रहेको चिकित्सकको टिमले उहाँको उपचार गरिरहेको छ ।
गत सोमबार जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेल उहाँको स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुग्नुभएको थियो ।
त्यस्तै, सोमबार संस्थाका नायव महाप्रवन्धक अशेष घिमिरे, जनता टेलिभिजनका समाचार प्रमुख एवं वरिष्ठ पत्रकार टंक पन्त, जनतासमाचार डट्कमका सहसम्पादक मोहनप्रसाद मैनाली तथा टूडे टेलिभिजनका समाचार प्रमुख अरुणदेव जोशी उहाँको स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका थिए ।
गत आइतबार घरमै ब्रेन ह्यामरेजका कारण उपचाररत दोङ जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रवर्द्धित रेडियो जनताका स्टेशन म्यानेजर तथा जनतासमाचार डट्कमका ग्रुप एडिटरका साथै पछिल्लो समय मध्यान्ह दैनिकका कार्यकारी अधिकृतका रुपमा पनि कार्यरत हुनुहुन्थ्यो ।
जनता प्रकाशन तथा प्रसारण लिमिटेडद्वारा प्रवर्द्धित जनता टेलिभिजन, रेडियो जनता, जनतासमाचार डट्कम तथा जनसञ्चार प्रकाशन गृहका सम्पूर्ण कर्मचारीका तर्फबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
ग्रुप एडिटर दोङलाई ब्रेन स्टोक, उपचार जारी