काठमाडौं । शेयर कारोबार बिहीबार पनि ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव् ३२ अङ्कले ओरालो लागेर १ हजार ९ सय ३३ दशमलव ३१ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५१ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ९ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।
विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण र २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ रुपैयाँ पुगेको छ ।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । ती बैंकको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँ बराबरको कारोबार भयो । नविल बैंक ३ करोड ९६ लाख ८३ हजार ७ सय ३१ रुपैयाँ हिमालयन डिस्टिलरी ३ करोड ८३ लाख २ हजार ५ सय ८५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ३० लाख ३ हजार ८ सय ६१ रुपैयाँ र सिद्धार्थ बैंकको संस्थापक शेयर २ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
,लक्ष्मी लघुवित्त ५ दशमलव ७६, नयाँ सारथी लघुवित्त ४ दशमलव ८०,प्रभु लाइफ इन्स्योरेन्स ४ दशमलव ७४,ग्रीन डेभलपमेन्ट बैंक ४ दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४ दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ