काठमाडौं । ब्रेन ह्यामरेजका कारण शनिबार निधन भएका पत्रकार दिपेन्द्र दोङ तामाङको सोमबार अन्त्येष्टि गरिएको छ । पत्रकार दोङको तामाङपरपरा अनुसार र स्वयम्भु तामाङघाटमा दाहसंस्कार गरिएको हो ।
दाहसंस्कार अगाडि पत्रकार दोङको पार्थिब शरीर अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रिय नाचघर र तामाङगुम्वा बौद्धमा राखिएको थियो । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर एवं रेडियो जनताका स्टेशन मेनेजर दिपेन्द्र दोङ तामाङलाई १५ दिन अगाडि मस्तिष्कघात भएको थियो । बेहोस अबस्थामै मेटिसिटी अस्पताल लगिएको भएपनि पत्रकार दोङ होसमा नै नआई १४ दिनका दिन सदाका लागि बिदा हुनुभएको थियो । ३ दिन सम्म पत्रकार दोङको पार्थिब शरीरलाई तामाङ पंरंपरा अनुसार तामाङ गुम्वामा राखेर चीर शान्तिको कामना गरिएको थियो ।
पत्रकार दोङको पार्थिब शरीर राष्ट्रिय नाचघरमा राखी पत्रकारहरु राजनीतिक दलका नेताहरु , चलचित्रकर्मी , लगायत उहांका शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
तामाङ पत्रकार संघ , तामाङ चलचित्र ंसंघ लगायतका संस्थाको आयोजनामा भएको श्रद्धाञ्जलि सभामा विभिन्न संचारमाध्यमम क्रियाशील पत्रकार , जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समाचार प्रमुख एवं नेपाली पत्रकारहरुको अन्तरराट्रिय संजाल इन्जा एशियाका अध्यक्ष टंक पन्तले पत्रकारिता क्षेत्रले एक होनहार सक्रिय र बहुआयामिक ब्याक्तित्व गुमाएको उल्लेख गर्देै जनता प्रसारण तथा प्रकाशन लिमिटेडले एक प्रभाबकारी इमान्दार सहकर्मी गुमाएको बताउनुभयो ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जा एशियाका महासचिब एवं तामाङ कलाकार , तामाङ पत्रकार संघका सस्थापक समेत रहेका पत्रकार दोङले पत्रकारिता क्षेत्र र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदान सदाका लागि स्मरणीय रहेको भन्दै बरिष्ठ पत्रकार पन्तले अल्पायुमै निधन भएका दोङको परिवारका लागि सबैले आबश्यक सहयोगी भूमिका निर्बाह गर्न आग्रह समेत गर्नुभएको थियो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले तामाङ समुदायका लागि मात्र होइन सिगो पत्रकारिताका लागि पत्रकार दोङ प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । साहित्यिक , चलचित्र , पत्रकारिता हरेक क्षेत्रमा दोङको योगदान अबिश्मरणीय रहेको बताउनुभयो । शाक्य मुनिका भगवान सरह मानिने गुरु शाक्य तेञ्जेन रत्न बज्र रेञ्पोचेले प्राथना सहित पत्रकार दोङको श्रीमती चादनी लामालाई धैर्यधारण गर्न आशिर्बाद दिनुभएको थियो
अग्रज पत्रकार अमरध्वज लामाले पत्रकार दोङ एक ब्याक्ति होइन प्रतिभा हो भन्दै शब्द कला मार्फत देशका लागि स्थापित स्रष्टा भएको उल्लेख गर्नुभयो । लामाले बिलक्षण प्रतिभाका धनी पत्रकार दोङले परिवारका लागि पर्याप्त समय नदिइ – नदिइ काममा मात्र केन्द्रित हुंदाहुदै हामी सबैलाई छोडेर जानुभएकोले उहांका कृतिलाई अमर राख्न राज्यले पनि भुमिका निर्बाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
श्रद्धाञ्जलि सभामा तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङ, महासचिब रोशन तामाङले पत्रकार दोङले कलाकारिता , पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदान र भूमिकाबारे जानकारी गराउनुभएको थियो । पत्रकार दोङको पार्थिब शरीर स्वयम्भु तामाङघाट लगेपछि तामाङ परंपरा अनुसार लामा गुरुले दागवत्ति दिनुभएको थियो । तामाङ घाटमा पुगेर जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा बिजय पौडेल, समाचार प्रमुख पन्त , सांसद ज्ञानबहादुर तामाङ, एमालेका नेता केशब बडाल, कृष्ण राई लगायतका नेता सांसद र पत्रकारहरुले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । ।
पत्रकार दोेङको पत्नी, एक छोरी एक छोरा हुनुहुन्छ । ०३६ साल चैत्र १९ गते काभ्रेमा जन्मिनुभएका पत्रकार दोङ सिटीजन रेडियो , सगरमाथा रेडियो , न्यूज २४टेलिभिजन , नेपाल समाचारपत्र दैनिकसंगै पछिल्लो समय मध्यान्ह दैनिकमा कार्यकारी सम्पादक र प्रमुख कार्यकारी अधिकृतको भुमिकामा पनि हुनुहन्थ्यो । जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा स्थापनादेखि क्रियाशील दोङ मस्तिष्कघात हुनु भन्दा अघिल्लो दिन सम्म पनि क्रियाशील हुनुहुन्थ्यो