काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट सदस्यमा मिश्रित परिणाम आएको छ । महासघको निर्वाचनमा प्यानलगत हिसाबमा मिश्रित परिणाम देखिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारको आधारमा प्यानल बनेको हो । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा ३ उम्मेदवार भए पनि एसोसिएट उपाध्यक्षमा २ जना मात्र प्रतिस्पर्धी हुनुहुन्थ्यो। एसोसिएट उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट सयुक्त उमेदवार भरत आचार्य र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उमेदवार बन्नु .भएको हो ।
१९ सदस्य छानिने एसोसियटमा मतदाताले प्यानलका उम्मेदवारलाई मिश्रित रुपमा भोट दिएका छन् । मतगणनाले त्यही देखाएको छ ।
एसोसिएटमा बढी मत रामशरण थपलियाले पाउनुभएको छ । । उहाँले १ हजार ४ सय ४० मत प्राप्त गर्नुभएको छ ।
एसोसिएट सदस्यमा मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित हुनुभएको छ ।
अहिले एसोसिएट उपाध्यक्षको मतगणना भइरहेको छ । त्यसपछि वरिष्ठ उपाध्यक्षको मतगणना हुनेछ ।