काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर १८४५.०१ अङ्कमा कायम भएको हो ।
आज २६६ वटा कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर २५ हजार ६३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७१.२३ र जीवन बीमा समूह ९३.३७ अङ्कले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४.९३, वित्त ३४.५६, होटेल तथा पर्यटन समूह २०.०२ र जलविद्युत् ४९.२८ अङ्कले बढेको छ ।
लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ४६ लाख ५८ हजार ६८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।