काठमाडौं । पाल्पामा क्रियाशिल सात राजनीतिक दलले ठुला भ्रष्ट्राचार काण्डको छानबिन गर्न स्वायत्त र शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्नुपर्ने माग राखेको छ ।
सोमबार संयुक्त प्रेस विज्ञप्ती गर्दै दलहरुले यस्तो माग गरेका हुन् ।
जारी विज्ञप्तीमा गिरिबन्धु चिया खरीद प्रकरण,टेरामक्स प्रकरण,वालुवाटार जग्गा प्रकरण,टिकापुर जग्गा प्रकरण,नक्कली भुटानी प्रकरण,ओम्नी,यती प्रकरणको छानविन गर्नुको साटो वर्तमान सरकार फाइल बन्द गर्न सक्रिय रहेको आरोप लगाइएको छ ।
साना तथा मझौंला व्यापारी एवम् जनताले विद्युत्त महसुल बुझाउने ढिलो गर्दा लाइन काट्ने तर ठुला व्यापारीले अर्बौं रकम नतिर्दा महसुल मिनाह गर्न सरकारले प्राधिकरणलाई दबाब दिएकोप्रति दलहरुले आपत्ती जनाएका छन् ।
कुटनीतिक र अन्य क्षेत्रमा हुने गरेका नियुक्ती पारदर्शी नभएको पनि दलहरुको विज्ञप्तीमा उल्लेख छ । मुलुकमा सुशासन कायम गर्नका दलहरुले बिद्रोहका लागि आव्हान समेत गरेका छन् ।
विज्ञप्ती जारी गर्ने दलहरुमा नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकिकृत समाजवादी,राष्ट्रिय जनमोर्चा,नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी छन् ।