रुपन्देही। सामाजिक र मानवीय क्षेत्रमा क्रियाशील रोटरी क्लब र रोट्रयाक क्लब अफ मणिग्रामले श्री नर्मदेश्वर शिवालय मन्दिरका लागि सरसफाई र बाध्यबाधन सम्बन्धी सामानहरु उपलब्ध गराएको छ । बोबलम यात्रा भाग-४ अन्तर्गत डस्टबिन, डस्टबिन स्ट्याण्ड, बाध्यबाधनमा ढोलक, खैँजडी लगायतका सामानहरु सहयोग गरिएको रोट्रयाक क्लब मणिग्रामका उपाध्यक्ष गणेश पन्थले जानकारी गराउनुभएको छ ।
रोट्रयाक क्लब मणिग्रामले युवाको विकास, लिडरसीप ट्रेडिङ, इण्भारोमेण्ट हेल्थ क्याम्प, रक्तदान लगायतका कार्य गर्देै आएको छ ।
रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, रोट्रयाक क्लब अफ मणिग्रामका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा तिलोत्तमा नगरपालिका-१ का वडाध्यक्ष फर्सुराम गिरीले रोटरी क्लब रोट्रयाक क्लबले गर्देै आएका कार्यक्रम प्रभावकारी र उदाहरणीय रहेको उल्लेख गर्नुभयाे ।
रोट्रयाक डिष्ट्रिक ३२९२ का डिष्ट्रिक इन्भारोमेण्टल चेयर निराजन अर्याल, रोटरी क्लब प्रेसिडेण्ट इलेक्ट मीनप्रसाद भण्डारी, स्वास्थ्य स्वयंसेविका तुल्सा लामिछाने गुरुङ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद पाण्डे, शिवचोक टोल विकास समितिका अध्यक्ष तुल्सा गौतम, रोट्रयाक क्लब अफ मणिग्रामका सचिव अनुज न्यौपाने लगायतले रोटरी क्लब र रोट्रयाक क्लबले सामाजिक र मानवीय क्षेत्रमा गरेका कार्य र आगामी दिनमा गर्नुपर्ने योजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।