काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताउनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनुको साथै नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ ।
गृहमन्त्री लेखकले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिनुको साथै सरकारद्वारा सेवा प्रदान गर्ने क्रममा प्रहरीको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
यस्तै उहाँले दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पार्नुभयो ।
यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने भएकोले २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो ।
आर्थिक, राजनीतिक र विकास निर्माणका लागि दुई ठूला दल मिल्यो भने, कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।
यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्ष छलफलमा नै भएको दाबी गर्नुभयो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं ।
प्रधानमन्त्री के.पी शर्मा ओली उर्जाशिल प्रधानमन्त्री भएकोले उहाँको नेतृत्वमा हामीले केही गरि छाड्ने प्रतिबद्वता जनाउनुभयो ।