काठमाडाैं । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत् १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो ।
जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित हुनुभएकाे छ । उहाँले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गनुभएको हो।
यस्तै, उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ ।
यसैगरी, उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी हुनुभएको छ ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपालऽ सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनभएको थियो । वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध हुनुभएको थियो ।
यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ ।