काठमाडाैं । तरकारी खेतीमा उच्च विषादीकाे प्रयाेगले उपभाेक्ताकाे स्वास्थ्यमा समस्या देखिएकाे त केही वर्षदेखि विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेसण भइरहेकै छ । तर पछिल्लाे समय भने विषादीकाे प्रयाेगका कारण किसानकाे स्वास्थ्यमै समस्या देखिन थालेकाे समाचारहरू आउन थालेकाे छ ।
केही दिन अघि मात्र गाेरखाकाे गण्डकी गाउँपालिकामा व्यावसायिक तरकारी खेती गर्ने किसानहरू ठूलाे स्वास्थ्य समस्यामा परेकाे भनेर मूलधारका सञ्चारमाध्यमहरूमा समाचार छापियाे । समाचारका अनुसार व्यावसायिक तरकारी खेती गर्ने ६१ जनामा क्यान्सर देखा परेकाे र १५ जनाकाे मृर्गाैला फेल भएकाे छ ।
मानव स्वास्थ्य विषेश गरी खानपिनबाट हुने दीर्घ राेग र यसका समाधानका लागि गर्नु पर्ने उपायहरूका बारेमा अध्ययन/अनुसन्धान गरी रहनुभएका डा. दिलजान मनसुर 'कर्ट' ले तरकारी खेतीमा विषादीकाे प्रयाेग मानव स्वास्थ्यका लागि गम्भीर समस्या हुने बताउनुभएकाे छ । डा. कर्टले सामाजिक सञ्जाल फेसबुकमा आफ्नाे विचार पाेष्ट गर्दै रसायन तथा विषादीकाे प्रयाेगले मानव स्वास्थ्यलाई नष्ट गर्ने बाटाेमा गइरहेकाे बताउनुभएकाे छ ।
डा. कर्टले लेख्नुभएकाे छ, 'रसायन तथा विषादीको उच्च प्रयोगले विशेष गरी पेट र पुरै मानव स्वास्थ्यलाई नष्ट गर्ने बाटोमा गइरहेको छ।' असुरक्षित विषादीकाे प्रयाेगले उपभाेक्ताहरू भन्दा किसान बढी मात्रामा बिरामी भइरहेकाे उहाँकाे भनाइ छ ।
तरकारी खेतीमा विषादीकाे प्रयाेगका कारण ग्रामीण समुदायमा किसानकाे स्वास्थ्य समस्या गम्भीर रूपमा देखा परी रहेकाे र विषेश गरी पेट सम्बन्धी राेग र पार्किसन्स् देखा परेकाे उहाँकाे भनाइ छ ।
त्यस्तै, गर्भावस्थामा र बाल्यकालभरि कीटनाशक विषादीकाे प्रयोगले बालबालिकामा क्यान्सरको जोखिम बढेको उहाँकाे भनाइ छ ।किशोरावस्थामा पुग्नु अघि डीडीटीको सम्पर्कमा आएका छोरीहरुलाई मध्यम उमेरमा स्तन क्यान्सर हुने सम्भावना पाँच गुणा बढी रहेको डा. कर्टले बताउनुभएकाे छ । ओसीपी, शक्तिशाली एन्डोक्राइन, डिसप्टर्स, प्रोस्टेट, स्तन, मूत्राशय आदि क्यान्सरसँग सम्बन्धित राेग रहेको उहाँकाे भनाइ छ ।
चिकित्सक तथा सम्बन्धित निकायहरूलाई किसानकाे स्वास्थ्यसँग सराेकार राखेर काम गर्नका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गर्दै उहाँले आफू पनि मानव स्वास्थयसँग जाेडिएका समस्याहरूसँग काम गर्न इच्छुक रहेकाे बताउनुभएकाे छ ।