काठमाडौं । तिज पर्वका निम्ति काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका निम्ति आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
तिजको अवसरमा भगवान् पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका निम्ति गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वानकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिणपट्टि जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाउने बताइएको छ ।
मित्रपार्क, जयवागेश्वरी-गौशाला-भुवनेश्वरी-शकराचार्य मठ दक्षिण हुँदै फलामेपुल-पश्चिम सानो डोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिर निस्किएर शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए ।
पिंगलास्थानबाट वनकाली,चार शिवालय-पञ्चदेवलपूर्व-बजघर-दक्षिण ढोका हुँदै चौँसट्ठी सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिर निस्किएर पञ्चदेवल पूर्वदक्षिणमा निर्मित जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तिलगंगा-राम मन्दिर हुँदै बागमती नदी पूर्व किनारबाट आर्यघाट नजिकको पुल भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिनु साथै दर्शननार्थीले छिटोभन्दा छिटो दशर्न गरी फर्कन सक्ने व्यवस्था मिलाएको छ ।