Logo फाल्गुन १६, २०७७ आइतबार


Tag: डाेटी

संस्कृति र महिला

डोटी । लोप हुँदै गइरहेको पञ्चेबाजा संरक्षणका लागि महिलाहरु बाजा बजाउँदै । दिपाएल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीसहितका महिला टेलीले पञ्चे बाजाको संरक्षणका लागि कार्यक्रम आयोजना गरिरहेका छन् । तस्बिर

सुन्तला बजार

डोटी । भिमदत्त राजमार्गको सहजपुर बजारमा निगाली र डोटीका सुन्तला बिक्रीका लागि ग्राहको पर्खाइमा बसेका व्यापारी । तस्बिर : विमलबहादुर विष्ट

परीक्षा दिन आगो ताप्दै विद्यार्थी

डोल्पा । परीक्षा दिन विद्यालय गएका त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, त्रिपुराकोटका विद्यार्थीहरु आगो तापेर हात तातो पार्दै । यस क्षेत्रमा भएको हिमपातका कारण चिसो अत्याधिक बढेको छ । तस्बिरः रामचन्द्र न्यौपाने

गाईबाच्छे ढुङ्गा

डोटी । बडीकेदारमा रहेको गाईबाच्छे ढुङ्गा परिक्रमा गर्दै स्थानीय भक्तजन । गाईबाच्छे ढुङ्गा परिक्रमा गरेमा सम्पूर्ण पाप नास हुन्छ भन्ने स्थानीयको भना रहेको छ । तस्बिरः विमलबहादुर विष्ट

२ सय ५० वर्षदेखि ‘अखण्ड दीप’

डोटी । पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको बलिरहेको अखण्ड दीप वत्ती । नेपाल एकीकरणको बेलामा अम्मरसिंह थापाले बाल्न शुरु गरेको दीप अहिलेसम्म पनि बलिरहेको छ । अखण्ड दीप निरन्तर बाल्नका लागि

भुँवा खेल

डोटी । दिपायल सिलगढी नगरपालिका–५, बागठाटामा ऐतिहासिक भुँवा खेल खेल्दै कलाकार । प्राचीन राजारजौटाका पालामा यो खेल निकै चर्चित थियो । तस्बिरः विमलबहादुर विष्ट

डोटीको निबुवा

डोटी । बडीकेदार गाउँपालिका– १ बिपीनगरमा स्थानीय कृषकले बिक्रीका लागि राखेका निबुवा । अचार, चुक अमिलो बनाइने निबुवा यहाँ प्रतिकिलो ५० मा बिक्री हुने गर्छ । तस्बिरः विमलबहादुर विष्ट

लिङ्गे पिङ

डोटी । दिपायलमा शसस्त्र प्रहरी बलको ३६ नम्बर गणले पिपल्ला बजार बेडुखोलेस्थित दशै, तिहार तथा छठपर्वको लागि जडान गरेका पिङ खेल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । तस्बिरः विमलबहादुर

गाई बाच्छे ढुंगा

डोटी । बडीकेदार गाउँपालिका– ५ केदारमा रहेको गाई बाच्छे ढुंगा । भिरालो ठाउँमा रहेको उक्त ढुंगाको ७ चोटी परिक्रमा गर्दा सम्पूर्ण पाप नष्ट हुने तथा धर्म प्राप्त हुने जनविश्वास रहेको

झरझर झरना

डोटी । सायल गाउँपालिकास्थित भेलछडा झरना । भेलछडाको पानी पश्चिम चौकी ल्याउने वर्षौ पहिले योजना बनेपनि अहिलेसम्म ल्याउन सकिएको छैन । तस्बिरः विमलबहादुर विष्ट