
रुकुम । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै निःशुल्क विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको थियो ।