काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वा्चित सदस्यलाई आज प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगको कार्यलयमा भएको समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वा्चितहरुलाई निर्वा्चित भएको प्रमाणपत्र प्रदान गरेका छन् । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वा्चित भएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीको निर्वा्चिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल रहेका छन् । निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र ७ मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।
यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका ४, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।पाँच सय ५० सदस्यीय प्रदेशसभा हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वा्चित हुने संवैधानिक व्यवस्था रहेको छ ।
प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू रहेकी छन् भने सबैभन्दा बढी उम्मेरका नेपाली काँग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वा्चित भएका छन् । समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वा्चित भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो ।