Arna Beer

महिलाको रंगीन जालमा फसेका सेनाका अधिकारीले चुहाए राष्ट्रको गोपनीयता

चमिना भट्टराई

काठमाडौं । पाकिस्तानको खुफिया इजेन्सी आइएसआइका लागि जासुसी गर्ने एजेन्टका लागि महत्वपूर्ण दस्तावेज उपलब्ध गराएको आरोपमा भारतको दिल्ली प्रहरीले भारतीय सेनाका अधिकारी अरुण मारवाहलाई पक्राउ गरेको छ ।

भारतीय सेनाका ती अधिकारीलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइकी एक महिला एजेन्टले आप्mनो सम्पर्कमा ल्याएपछि गोपनिय दस्तावेज चुहाएको आरोप लागेको हो । ती गुप्तचर महिला र सेनाका अधिकारीबीच भेटघाट नभएपनि उनीहरुबीच फोन र फेसबुक च्याटमा निरन्तर सम्पर्क हुने गरेको थियो । सेनाकै सुत्रले पाकिस्तानी एजेन्ट र सेनाका अधिकारीबीचमा भएको सम्पर्क र सम्पर्कका क्रममा गोपनियता भंग भएको ती अधिकारीलाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो ।

उनीहरुका बीचमा निरन्तर टोलिफोन र इन्टरनेटमा संवाद भइरह्यो । दुवै जनाका बीचमा सामान्य भलाकुसारी मात्र होइन अश्लिल कुराकानी समेत हुने गरेको खुलेको छ ।

सेनाका अधिकारीसँग सम्पर्क बढाउने ती ब्यक्ति भने वास्तविक महिला थिएनन् । महिलाको भेषमा सम्पर्क बढाएका पाकिस्तानी जासुसी संस्था आईएसआईका गुप्तचर युवाले सेनाका अधिकारीलाई पूर्ण रुपमा आफ्नो बसमा पारेका थिए । महिलासँग कुुरा भइरहेकोमा मख्ख ती सेनाका अधिकारीले उनको अश्लिल र यौनजन्य कुरामा आफ्नो पदीय जिम्मेवारी समेत भूलेका थिए ।
महिलाका भेषमा ती एजेन्टले सेनाका अधिकारीसँग आफ्नो बसमा पारेर सेनाका कयौ महत्वपूर्ण दस्तावेज फुत्काउन सफल भएको अनुसन्धानमा खेलेको छ ।


केही हप्ता अघि वायुसेनाको वरिष्ठ अधिकारीलाई यो घटनाको बारेमा जानकारी भएपछि उनले आन्तरिक अनुसन्धान गर्दा मारवाहर एजेन्टको बीचमा सम्बन्ध रहेको र उनी मार्फत सेनाका महत्वपूर्ण दस्तावेज बाहिरीएको पत्ता लागेको हो । सेनाका अधिकारी अरुण मारवाह दोषी भेटिए पछि वायुसेनाका वरिष्ठ अधिकारीले दिल्ली प्रहरी आयुक्त अमुल्य पटनायकसँग त्यसको उजरी गरेका थिए । घटना गम्भीर रहेको भन्दै विशेष आयोग बनाएर घटनाको छानबिन गरियो ।

जब भारतीय सञ्चार माध्यममा भारतीय सेनाका अधिकारी ‘रंगीन जालमा परेर गोप्य सूचना चुहावट गरेको अभियोगमा पक्राउ परेको समाचार आयो त्यसले भारतमा सनसनी मच्चाएकोे छ ।

यो घटना पछि सेनाका अधिकारीहरु महिलाका मामलामा कति कमजोर रहेछन् भन्ने उदांगो बनाएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

एजेन्सीकाे सहयाेगमा

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली काग्रेसले संसदीय विधान परिमार्जन गरेर संघीय संरचना अनुसार बनाएको छ ।  संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित…

–मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के । मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो। त्यसबेला कुनै…

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ । बिहीबार बसेको स्थानीय…

काठमाडौं । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा…

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…