Arna Beer

‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । नयाँ पत्रिकामा समाचार छ ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी

त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

बिहीबार सरकार गठन प्रक्रिया बढाउँछौंः श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइसकेकाले बिहीबारै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने गरी निर्णय गरिने जानकारी दिए । ‘आयोगले परिणाम बुझाइसकेका अवस्थामा तत्काल प्रक्रिया बढाउन भोलि नै निर्णय गरेर अघि बढ्छौँ,’ श्रेष्ठले भने ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली काग्रेसले संसदीय विधान परिमार्जन गरेर संघीय संरचना अनुसार बनाएको छ ।  संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित…

–मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के । मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो। त्यसबेला कुनै…

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ । बिहीबार बसेको स्थानीय…

काठमाडौं । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा…

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…