नौगाड गाउँपालिका बाढी पहिरोको चपेटामा -फाेटाे फिचर

लोकेन्द्रप्रशाद जोशी

दार्चुला । दार्चुला जिल्लाको नौगाडगाउँपालिका बाढी र पहिरोको उच्चजोखीममा रहेको छ ।

केहि दिनदेखी भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका सदरमुकाम सहित नौगाडको ठुलो भुगोल बिपद्को जोखीममा रहेको स्थानियले बताएका छन् ।

 

नौगाड खोलाको बाढीले गाउँपालिकाको धुलिगडा खार सडक खन्डका साथै बिभिन्न भेग जोड्ने बाटो अबरुद्ध भएका छन् । मनबिर ठगुन्नाको एक पसल, स्थानियहरुका केहि घरहरु बगाउनुका साथै होपरीगाड बस्तीका सयौ घर पसल बाढी पहिरोको उच्चजोखीममा रहेको स्थानिय प्रेम ठगुन्नाले बताउँनुभयो ।

 

भौतिक क्षति भएपनि मानबिय क्षति नभएको र बाढी पहिरो प्रभाबितहरुलाई सुरक्षित स्थानतर्फ ब्यबस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।

नौगडेश्वरी प्राबि र समैजिनि माबि सौकेबगरको प्राङगणसम्म कटान भएर बिद्यालय उच्चजोखीममा रहेका छन् । स्थानियको ठुलो मात्रामा घर र जमिन बगाएको छ । खार र गोदानीखोलामा यसैबर्ष लगाइएका दुइओटा आरसिसि पुल समेत बाढीले बगाएको छ । नौगाड गाउँपालिका १ मा रहेको प्राबि लक्सेरीको माथीबाट पहिरो खसेर उच्च जोखीममा रहेको छ ।

बाढी र पहिरोको जोखीममा रहेका नौगाड गाउँपालिकाका बिद्यालयहरु बन्द गरीएका छन् ।अझै पनि नदीमा पानिको सतह घटी नसकेको कारण सतर्कता अपनाउँन गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…