निरु पालले भनिन्– राजनीतिबाट सन्यास लिन तयार छु

मेरा बारेमा छापेको समाचारलाई पुष्टि गर्न चुनौति दिन्छु

काठमाडौ । संसदीय सुनुवाई समितिका सदस्य निरु पालले आफ्नो चरित्र हत्या र मानमर्दन गर्ने कार्य भइरहेको बताउनुभएको छ ।  प्रतिनिधिसभा सदस्य पालले केहीदिन अघि आफूमाथि भएको आक्रमण बारे केही अनलाइनले गलत समाचार लेखेको टिप्पणी गर्नुभएको छ ।
पालले त्यस्तो समाचार प्रकाशित गर्ने अनलाइनलाई फेसबुकमार्फत त्यसको पुष्टि गर्न समेत चुनौति दिनुभएको छ ।

‘सम्पूर्ण मेरा मान्यवर आफन्त शुभचिंतक जन हरुमा नमन भन्न चाहान्छु। केही दिन यता मलाई लक्षित गरी मेरो चरीत्र हत्या गर्ने गरी र मेरो मान मर्दन हुने गरी मीडियाबाजी गरिएको मा दुःख व्यक्त गर्न चाहान्छु’ युवा नेता पालले फेसबुकमा लेख्नुभएको छ– ‘अनलाइनमा मेरा बारेमा छापेको समाचार लाई पुष्टि गर्न म चुनौती दिन चाहान्छु यदि प्रमाणित भयो भने म जनताको प्रतिनिधि हो सांसद पद मात्रै होइन राजनीति बाट पनी सदाका लागी सन्यास लीनेछु ।’

जीवन साथी गुमाउँदाको पीड़ावाट आफूलाईं मुस्किलले सम्हालिरहेको मान्छेलाई चोटमाथि झन चोट,  मिथ्या आरोपहरुको म माथि बज्रपात हुँदा मैले आफूलाई कसरी सम्हालिराखेको छु होला, पीत पत्रकारिता गर्नेहरुलाई के थाहा ?’

पालले त्यस्ता समाचारले आफू अत्यन्तै दुखी भएको उल्लेख गर्दै त्यसबाट अनलाइनको विश्वश्नीयता समेत गुम्ने बताउनु भएको छ । ‘ यदि प्रमाणित गर्न सकेन भने यस्ता अनलाइन हरुलाई के गर्ने सबै जिम्मेवार मान्छेले बुझ्न जरुरी छ।फेरी पनी यो समाचार ले मेरो बारेमा भ्रामक अपवाह फिजाएर मेरा शुभचिंतक ज्यू हरुमा पर्न गएको चोट प्रती म दुःखीत छु र मेरो आत्मसम्मानमा पर्न गएको चोट को बारेमा कसरी ब्यक्त गरु ?’ उहाँले फेसबुकमा पोष्ट गर्नुभएको छ– जीवन साथी गुमाउदा को पीड़ा वाट आफूलाईं मुस्कीलले सम्हाली रहेको मान्छेलाई चोट माथी झन चोट मिथ्या आरोप हरुको म माथि बज्रपात हुदा मैले आफू लाई कसरी सम्हाली राखेको छु होला, पीत पत्रकारिता गर्ने हरुलाई के थाहा ?’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…