अन्नपुर्ण बेसक्याम्प जाँदै गरेकी पर्यटकलाई खोलाले बगायो

रामजी प्रसाद लम्साल
कास्की ।
अन्नपुर्ण बेसक्याम्प ट्रेकिङ गएकी एक महिला पर्यटकलाई खोलाले बगाएको छ । मृत्यु हुनेमा ६१ वर्षीय ताइवानी नागरिक ‘छेन हु जु’ रहेको बताइएको छ । अन्नपुर्ण बेसक्याम्पस्थित देउराली र दोभानको बिचमा पर्ने हिम्पू खोला तर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर असन्तुलित हुदाँ ‘जु’ खोलामा खसेकी थिईन् ।

शुक्रबार करिब दुइ बजेको समयमा उनीलाई खोलाले बगाएको उनीसंगै गएका साथीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘जु’ साथीहरु र पथपर्दशकहरुको साथमा गएको पोखराको होटल भ्यु प्वाइन्टका संचालक राजेश रानाले बताउनु भयो । खोजी कार्यको लागि प्रहरीको टोलि त्यस तर्फ प्रस्थान गरिसकेको कास्की प्रहरी प्रबक्ता रबिन्द्र गुरुंगले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…