सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्इ पद तथा गाेपनीयताकाे शपथ गराउँदै मुख्यमन्त्री त्रिलाेचन भट्ट, तस्बिर भीम चाैधरीतीर्थ न्याैपानेकाठमाडौं । सुदूरपश्चिम प्रदेशमा नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शपथ लिनु भएको छ ।
मन्त्री सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश मुख्यालयमा मंगलबार शपथ गराउनु भएको हो । मुख्यमन्त्री भट्टले दीर्घबहादुर सोडारीलाई मन्त्रीबाट बर्खास्त गरे लगत्तै सुवेदीलाई मन्त्री नियुक्त गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा मन्त्री बर्खास्त गरिएकै दिन अर्को व्यक्तिलाई मन्त्री नियुक्त गरिएको छ । तर प्रदेश नम्बर ३ मा भने मन्त्री बर्खांस्त भएको २ साता बित्दा पनि मन्त्री नियुक्त हुन सकेको छैन ।
प्रदेश ३ का मुख्यमन्त्ती डोरमणि पौडेलले पूर्वाधार तथा भौतिक मन्त्री केशव स्थापितलाई कात्तिक १६ गते पदबाट बर्खास्त गर्नुभएको थियो । तर मुख्यमन्त्री पौडेलले स्थापितलाई हटाएको २ साता भइसक्दा पनि मन्त्री नियुक्त गर्नु भएको छैन ।
प्रदेश ३ मा मन्त्री नियुक्तिमा ढिलाई हुनुको कारण प्रदेश मुकामसँग जोडिएको छ । स्थापित मन्त्रीबाट बर्खास्त भएपछि मुख्यमन्त्री फेर्ने र प्रदेश मुकाम सार्ने योजनामा लागेको स्रोतले जनाएको छ । त्यसको लागि पूर्वमन्त्ती स्थापितले गोप्य रुपले क्याम्पीयन गरिहेको स्रोतले बतायो ।
स्थापितलाई मन्त्रीबाट हटाए लगत्तै उहाँ मुख्यमन्त्ती नै फेर्ने र प्रदेशमुकाम सार्ने खेलमा लागेपछि मुख्यमन्त्री पौडेललाई तत्कालै अर्को मन्त्री नियुक्त गर्न समस्या भएको स्रोतको भनाई छ । ‘यही समस्याले मुख्यमन्त्रीले अर्को मन्त्री नियुक्त गर्न सक्नु भएको छैन’ स्रोतले भन्यो, ‘स्थापितलाई मन्त्रीबाट हटाएपछि मुख्यमन्त्रीलाई अहिले आपत परेको छ ।
प्रदेश ३ को अस्थायी मुकाम हेटौडामा राखिएको छ । अहिलेको प्रदेश अघिकाँश साँसदहरुको लागि असजिलो भएको छ । प्रदेश ३ मा काठमार्डौ र त्यस आसपासको जिल्लाका सांसदहरुको बाहुल्यता छ ।
स्रोतका अनुसार काठमाडाैं तथा त्यस आसपासका जिल्लाका सांसदहरु प्रदेशमुकाम काभ्रेमा ल्याउने योजनामा लागेका छन् । मुकाम प्रदेशसभाले तोक्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा काठमाडौ तथा त्यस आसपासका जिल्लाका सांसदहरुको बाहुल्यता छ ।
एक सय १० निर्वाचन क्षेत्र रहेको प्रदेश ३ मा भक्तपुरका सांसद हरिशरण लामिछानेकाे निधन भइसकेकाे छ । प्रदेशमा १ सय ९ सांसद छन् ।प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई छ । प्रदेशसभामा नेकपाका ७८ सांसद छन् । अधिकाश सांसदका छोराछोरी अध्ययनको लागि काठमाडौंमा छन् । त्यही कारण अधिकाँश सांसदको् काठमाडौं कोठा छ ।तर प्रदेश मुकाम हेटौडा भएको कारण सांसदहरुले त्यहाँ पनि कोठा लिनु परेको छ । काठमाडौंमै बसोबासको व्यवस्था हुँदाहुँदै हेटौडामा फेरि अर्को कोठा लिनुपर्दा सांसदहरुलाइृ असजिलो भएको छ । प्रदेशमुकाम काभ्रेमा ल्याए, काठमाडौंकै बसोबासबाट त्यहाँ जान सकिने भएको हुनाले सांसदहरु राजधानी सार्ने योजनामा लागेका हुन् ।