राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए ।

उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उनले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए। उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…