Logo असार १, २०७८ मंगलबार


यसरी जल्याे घर

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडाको हिलेमा दुई घर जलेर नष्ट भएका छन् । घर नजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेउमै रहेको खापुङकी आमाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

बच्चाहरुले लाइटर खेलाउँदा मुठे परालमा सल्किएको आगोले खापुङको दुई घर पुर्ण रुपमा नष्ट बनाएको स्थानीयबासी कृष्ण बाँस्कोटाले जानकारी दिनुभयो । आगलागीबाट अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

घरमा भएका अन्नपात, लत्ताकपडालगायत सबै सामाग्री जलेर नष्ट भएको खापुङले बताए । मध्यान्हपछि सल्किएको आगो हावाले अन्यत्र पनि लैजान सक्ने भएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । घर र लत्ताकपडा सबै जलेर नष्ट भएपछि खापुङको ६ जनाको परिवारमा विचल्लीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…