बजार अनुगमन टोली आउने थाहा पाएपछि व्यवसायी भागाभाग

आनन्द पोखरेल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट बजार अनुगमनका लागि संयुक्त टोली अनुगमनमा आउने सूचना पाएपछि कालिका नगरपालिकाका व्यवसायी पसलमा ताला लगाएर भागेका छन् । नगरपालिकाको विभिन्न स्थानमा किराना, औषधि पसल तथा होटलको अनुगमन हुने थाहा पाएपछि पसलमा ताला लगाउँदै भागेका हुन् ।

व्यवसायीहरुले म्याद गुज्रिएको सामान विक्री गरेको र अनुमति विनै पसलहरु सञ्चालन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कालिका नगरपालिकाको विभिन्न स्थानमा अनुगमन गरेको छ । अनुगमन टोली पदमपुर, जुटपानी, शक्तिखोरका व्यवसायी पसल बन्द गरेर भागेका हुन् ।

बजार संरक्षण अधिकृत, खाद्य निरीक्षक, उपभोक्ता अधिकार संरक्षण मञ्च तथा पत्रकार सहितको अनुगमन टोलीले कालिका नगरपालिकामा किराना पसल, होटल तथा औषधि पसलहरु अनुगमन गरेको थियो । दर्ता प्रकृया पुरा नगरी सञ्चालन गरिएका विभिन्न तीनवटा औषधि पसललाई अनुमगन टोलीले बन्द गरेको जिल्ला प्रशासन कार्यालय बजार संरक्षण अधिकृत ओमनारायण शर्माले बताए ।

शहरी क्षेत्रमा मात्रै सिमित हुने गरेको बजार अनुगमन यस पटक भने ग्रमीण क्षेत्रमा समेत पुगेको छ । अनुगमनका क्रममा एलोपेथिक औषधि पसल दर्ता गरेर आयुर्वेदिक औषधि बिक्री गरेका, औषधि पसलको अनुमतिमा ल्याव तथा अस्पताल सेवा प्रदान गरिरहेका औषधि पसललाई बन्द गरिएको हो । स्थानीय प्रशासनले लामो समय अनुमगन नगर्दा त्यस क्षेत्रका उपभोक्ताहरुले भगवान भरोसामा उपचार गर्दै आइरहेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संगठन विभागमा ३ नेतालाई थपेको छ ।

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…