संखुवासभामा दुर्घटनाः शव खाँदबारी ल्याईदै

संखुवासभा । भोटखोला गाउँपालिकाको हटियामा आइतबार दिउँसो भएको जीप दुर्घटनाका मृतकको शव सदरमुकाम खाँदवारी ल्याइदैछ ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालकको मृत्यु भएको छ । उनीहरुको शव सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

दुर्घटनामा परेका सबैजनाको शव क्षतविक्षत भएको छ । प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सबै जनाको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । उनीहरु चढेको बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ मा पर्नेे सामाटारमा दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

घटनास्थल निक्कै भीरालो भएकाले घटना भएको ४ घण्टापछि शव निकालिएको छ । जिप स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रिय आयोजना कार्यान्वयन ईकाईको रहेको प्रजिअ जोशीले बताए । भूकम्प पुननिर्माण सम्बन्धी तालिम दिन उनीहरु काठमाडौबाट जिप लिएर संखुवासभा आएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…