जनादेश गुमाएको सरकार सत्तालिप्सामै टाँसिन चाहान्छः नेता पन्त

काठमाडौं । कामचलाउ रुपमा रहेको हालको सरकारले लाजको सिमा नाघेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले बताएका छन् ।

एमाले नेता पन्तले जनताले जनादेश दिएको वाम सरकारलाई नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने ठाँउमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सत्तालिप्सामै टाँसिएको आरोप लगाए ।

निर्वाचनकै बेला बहुमत गुमाएको देउवा नेतृत्वको सरकारले गरेका मनपरी निर्णय कार्यान्वयन गर्दा देश नै अधोगतिमा जाने उनको टिप्पणी थियो । जनता टेलिभिजनको सन्र्दभ कार्यक्रममा बोल्दै पन्तले अहिलेको आवश्यकता नयाँ सरकार गठन रहेको उल्लेख गरे ।

सरकार गठनपछि मात्रै पार्टी एकताका बिषयमा आपसी समझदारी कायम गरिने उनले बताए । पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुगेको उल्लेख गर्दै नेता पन्तले पदिय भागबन्डा भन्दा देशलाई उचित निकासमा पु¥याउनु आवश्यक रहेको बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…