मुख्यमन्त्री राउतलाई भरियाको सहायतामै लगाइयो माला

श्याम कुशवाह

वीरगंज । सफता तथा स्वागतमा माला लगाउने चलन छ । विवाह, ब्रतबन्ध, पूजा आजादेखि राजनीतिक तथा प्रशासनिक पद प्राप्तिसम्म मालाको प्रयोग हुन्छ र यो गच्छे अनुसार फरक फरक शैलीमा लगाउने गरिन्छ ।

समाजमा पछिल्लोसमय माला ठूलो बनाउने होडबाजी बढ्दै गएको छ ।  त्यस्तो प्रवृतिकाे प्रभाव प्रदेश नम्बर २ मा पनि परेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई मंगलबार गृह स्थानमा मालाको भारीसहित  स्वागत गरिएको छ ।

मुख्यमन्त्री राउतलाई उद्योग वाणिज्य संघले १ सय ११ किलोको माला पहिर्याएको हो ।  संघका पदाधिकारीहरुले मालाको भारी नै बोकेर मुख्यमन्त्री राउतको काँधमा थमाए । ७० किलाे भन्दा कम तौलका मुख्यमन्त्री राउतले आफ्नो वजन भन्दा बढी तौलको माला थाप्न सक्ने कुरै भएन ।

आफ्नो काँधमा माला अड्याउन उनले पनि भरियाकै सहारा लिनु पर्यो । काँधमा माला अड्याउन उनले संघका पदाधिकारीहरुलाई नै केहीबेर भरिया बनाए ।

संघका पदाधिकारीले मुख्यमन्त्रीलाई बिशेष मालाले स्वागत गर्दै बिरगंजलाई प्रदेशकै समृद्ध शहर बनाउन आग्रह गरे ।
मुख्यमन्त्री राउतले प्रदेशको विकास तथा समृद्धिको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…