भूमिराज जोशीकाठमाडौं । ‘जनताले तिरेको कर जनताकै लागि’ ‘अनियमितता भएमा गरौं खबरदारी’ यस्ता नाराहरु बर्षौं पहिलेदेखि नै सार्वजनिक भैसकेका हुन । यसै अन्र्तगत भ्रष्टाचारी, चोरी डकैती, घुसखोरी, अनियमितता जस्ता कार्यहरुलाई खबरदारी गर्न राष्ट्रिय सूचना आयोग गठन भएको हो । तर जनतालाई सहजै प्राप्त गर्न सक्ने सूचनाहरु पनि धेरै पछि मात्र जानकारीमा आउँछन । राज्यको ढुकुटी के, कति, कहाँ भनेर जनताले चाँसो राख्दैनन् ।
जनताले तिरेको करबाट राज्य संचालन हुन्छ । राज्य संचालन गर्ने आधार नै जनताले तिरेको कर हो । तर ६० प्रतिशत भन्दा बढी राजश्व तिर्ने नागरिकलाई सूचनाको हक बारेमा जानकारी छैन । जानकारी भएकाहरु पनि बेवास्ता गर्छन । राज्यको ढुकुटीमा जम्मा भएको रकम कसरी, कताबाट खर्च हुन्छ भन्ने कुरा अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
यसै फागुनको महिनामा मात्र प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च मै एक करोड २२ लाख २९ हजार आठ सय २९ रुपैंयाँ खर्च भएको देखाएको छ । जसमा राष्टिय मानब अधिकार आयोगका माननिय सदस्य तथा एक जना अधिकृतको लागि जेनेभामा आयोजना हुने अपागंता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन गएको प्रतिनिधि मण्डललाई दैनिक भत्ता र हवाइ भाडाँ गरी पाँच लाख २२ हजार तीन सय १२ रुपैंयाँ निकासा गरेको छ ।
त्यस्तै कृषि बिकास मन्त्रालयका प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा इटालीको रोममा सञ्चालित भएको १५८ औं एफएओ परिषद् शत्रको बैठकमा भाग लिन गएका कृषि बिकास सचिब ज्यू नेतृत्वको तीन सदस्यीय प्रतिनिधि मण्डलको भ्रमण खर्चका लागि ७ लाख ६२ हजार नौं सय ५७ रुपैंयाँ निकाशा गरेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै अर्थ मन्त्रालय राजश्व महाशाखाका प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा रावश्व ब्यवस्थापन महाशाखामा कार्यरत कर्मचारीको बैदेशिक भ्रमण कार्यक्रमका लागि अर्थ मन्त्रालयको नाममा रकम पनि १० लाख रुपैंयाँ रहेको छ । युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा युवा तथा खेलकुद मन्त्रीको नेतृत्वमा ३० देखि ३१ जनवरीसम्म न्युवर्कमा आयोजना भएको युवा फोरमको बैठकमा भाग लिन गएको पाँच सदस्यीय प्रतिनिधि मण्डललाई भ्रमण भत्ता र हवाईभाडा बाफतको खर्च आठ लाख ९९ हजार रकम निकाशा गरेको देखाएको छ ।
त्यस्तै प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत कै खर्चमा ४९ लाख ५० हजार रकम अर्थ मन्त्रालयको नाममा निकाशा भएको छ । अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको क्षमता बिकास सम्बन्धि बैदेशिक अध्ययन कार्यक्रमका लागि नपुग रकम निकाशा भन्ने शीर्षकमा सो रकम निकाशा गरेको देखिन्छ ।
प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमै कृषि बिकास मन्त्रालयमा फेरी एकलाख पाँच हजार पाँच सय ६० रुपैंयाँ बिनियोजन गरेको छ । १३ देखि १४ फेब्रुअरी २०१८मा इटालीको रोममा भएको आइएफएडीको बैठकमा सहभागी हुन गएका जेनेभा स्थित नेपालको स्थायी निकायका महामहिम राजदुत दिपक धिताललाई भ्रमण खर्च भनेर सो रकम निकाशा गरेको देखिएको छ ।
जनतालाई छायाँमा राखेर जनतालाई नै छल्ने गरेका उच्च अधिकारी तथा नेतृत्वधारीहरुले यसरी नै बितरण गर्दैमा संकलन भएको बजेट शून्यमा देखाइएको सर्वसाधारणले बताएका छन ।