Logo आश्विन १३, २०७७ मंगलबार


राजापुर धान सुपरजोनमा परिणत

बर्दिया । राजापुरमा रहेको धान जोनलाई सुपरजोनमा परिणत गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत २०७३ चैतमा संचालनमा आएको धान जोनलाई सुपरजोनका रुपमा संचालनमा ल्याइएको हो ।

विहिवार एक समारोहकाविच सुपरजोनको उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सरकारले कृषि योग्य जमिनलाई टुक्राउन नदिने गरी भूमि नीति र भू—उपयोग नीति बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिनुभयो ।

भूमि सम्बन्धी पुरानो ऐनलाई परिमार्जन गरि जमिनलाई ४ भागमा विभाजन गर्ने तयारी गरेको बताउदै उत्पादन हुने जमिनलाई कृषि भूमी, उब्जनी हुन नसक्ने जमिनलाई उद्योगी जमिन, बजार हाउजिङ बनाउने गरि शहरी जमिन र बाँकी जमिन जंगलमा बसेका तथा सुकुम्बासीलाई अन्तिम पटक वितरण गरिने बताउनु भयो ।

‘अहिलेको स्थितिलाई हामीले उल्टाउन नसक्ने हो भने कृषि प्रदान देश भनिरहन नेताहरुलाई पनी कुनै अधिकार छैन’ उनले भने ‘मुलुक आत्मनिर्भर भएको तथ्यांक टेवुलमा राखेर देखाउन कर्मचारीलाई कुनै छुट छैन ।’

बर्दियाको उर्वरभूमी भनेर चिनिएको राजापुर क्षेत्र धान जोनबाट सुपरजोनमा परिणत भएपछि चैते धान खेती गरिरहेका कृषक समुह, सहकारी र निजी उद्यमीलाई ३२ वटा पावर ट्रेलर र १५ वटा धान काट्ने मेसिन हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त ५० प्रतिशत अनुदानबाट किसानहरुलाई आधुनिक कृषि सामाग्रीहरु प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।