राजीनामापछि नारायणकाजीले खोले रहस्य (भिडियोसहित)

कान्ति न्याैपाने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पदबाट अकस्मात् राजीनामा दिएर गुपचुप बस्नुभएको छ ।  डा. गोविन्द केसी अनसनमा रहँदा उनलाइृ भेट्न भएको बिषयलाई लिएर प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले स्पष्टीकरण लिएपछि आइतबार साँझ प्रवक्ताबाट राजीनामा दिनुभएको हो ।

पार्टीका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरुले खोजेको बेला सहजै रुपमा उपलब्ध हुने नेताको रुपमा परिचित हुनुहुन्छ उहाँ । तर राजीनमा दिएपछि भने केहीदिन उहाँले त्यो शैलीलाई परिवर्तन गर्नुभयो । उहाँले अन्य नेता तथा कार्यकर्ताको मात्र होइन, सञ्चारकर्मीहरुको फोन समेत उठाउनु भएन ।

नारायणकाजी तीनदिनको गुपचुपपछि बिहिबार तुल्सीलाल अमात्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनुभयो । कार्यक्रममा उहाँलाई स्पष्टीकरण लिने प्रधानमन्त्री ओली प्रमुख अतिथि अध्यक्ष दाहाल बिशिष्ठ हुनुहुन्थ्यो । त्यो कार्यक्रममा उहाँलाई समेत अतिथि र वक्ता बनाइएको थियो ।

नेता श्रेष्ठले यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई प्रायः बचाऊँ गर्नु गर्नुहुन्थ्यो तर बिहिबारको कार्यक्रममा भने दुबै जनालाई कटाक्ष गर्नुभयो । नेता श्रेष्ठको कटाक्षबाट प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले निकै असहजता महशुस गर्नुभएको छ । हेर्नुस् भिडियो

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…