Nic

कञ्चनपुरले ‘सिआइबी’लाई सिकाएको ‘सबक’

निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीममाथि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै कारबाही गर्न लागेको हो ।

प्रहरी स्रोतका अनुसार, भदौ १४ गते नै प्रहरी अधिकारीमाथि छानबिन र कारबाही सिफारिसका लागि एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्मला हत्याकाण्ड अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् भने अन्य प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान भइरहेको छ । प्रहरी स्रोत भन्छ, अनुसन्धानमा दीलिप बिष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता छ ।

-राधिका जोशी

कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि कमजोरी भेटिएको छ । अब कसलाई के कारबाही गर्ने भन्नेबारे छलफल भइरहेको छ । तर बिगतका दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कमाएको अन्तर्राष्ट्रिय ख्याति, अनुसन्धानमा अब्बल रहेको र अहिलेसम्मका अनुसन्धानमा धोका नखाएको प्रहरीको छविमै प्रश्न तेर्सिएको छ । अपराध अनुसन्धानमा अन्तर्राष्ट्रियस्तरमै दोस्रो–तेस्रो स्तरमा रहेको सिआइबी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भने नराम्रोसँग चुकेको छ ।

सिआइबीबाट एकपटक होइन, पटकपटक टोली खटिएको थियो । डिएसपी अंगुर जिसी र एसएसपी ठाकुर ज्ञवाली देखिने गरी नै ब्युरोबाट खटिएका थिए । सिआइबीको टोलीकै सहयोगमा निर्मला हत्याको आरोपमा ४१ वर्षीय दीलिपसिंह बिष्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो । सिआइबीकै सहयोगमा दीलिपको डीएनए परीक्षण गर्न लगाइएको र उनको डिएनए निर्मलाको पोष्टमार्टमपछि आएको डिएनए रिपोर्टसँग मेल नखाएको पक्ष सार्वजनिक भइसकेको छ । डिएनए मेल नखाएपछि दीलिप थुनामुक्त भइसकेका छन् ।

दीलिप थुनामुक्त भएकै दिन मंगलबार राति गृह मन्त्रालयमा बसेको बैठकले समेत गृह र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गरेर अनुसन्धानमा संलग्नबारे छानबिन गर्ने निर्णय गरिसकेको छ । यसले, विशेष दक्षता भएको र अनुसन्धानमा पोख्त प्रहरी अधिकारी रहेका भनिएका सिआइबीमाथि प्रश्न नउठ्ने कुरै भएन । अझ सिआइबीको ब्रिफ सुनेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिकरुपमा मानसिक अवस्थाको मान्छेले यस्तो घटना गर्दैन भन्न सकिँदैन भनेर दीलिप नै अभियुक्त ठहरिन्छन् भनेका थिए । यहाँनेर उनको विश्वासले धूलो चाटेको छ ।

महेन्द्रनगरमा प्रहरीले नक्कली अभियुक्त खडा गरेर अपराधी जोगाउन खोज्यो भन्दै आन्दोलन चर्किँदा, प्रहरीको गोली लागेर १४ वर्षीय शनि खुनाको मृत्यु हुँदा र गोली लागेर कसैको हातखुट्टै काट्नु पर्दासम्म पनि प्रहरी प्रधान कार्यालय आफ्ना निकायको अनुसन्धानप्रति विश्वस्त थियो । तर, यतिबेला भने प्रहरी प्रधान कार्यालयको पनि शिर झुकेको छ ।
प्रहरीले मुख्य अभियुक्त भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका दीलिपको मानसिक अवस्था ठीक नभएको भनियोे । उपचारका लागि काठमाडौं ल्याइयो । यति मात्रै होइन, डिएनए परीक्षण गरियो । रिपोर्ट सिधै खामबन्दी गरेर कञ्चनपुर पुग्यो । सार्वजनिक नहुँदासम्म दीलिप चार दिन थुनामै बसे । मंगलबार डिएनए नमिलेपछि सार्वजनिक भए । एकै झट्कामा सिआइबीको हविगत छरपष्ट भयो । यसले छरप्रष्ट हुन्छ, सिआइबीको अपरिपक्वता मात्र या रफ्फूदफ्फूमा घटना सामसुम ? धेरै पछिसम्म नेपाल प्रहरीले यसको जवाफ दिइरहनु पर्नेमा शंका रहेन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…