Logo असार १, २०७८ मंगलबार


आगलागीमा एकै घरका तीनको मृत्यु

गणेश आचार्य
दाङ । आगलागीमा परी दाङमा तीन जना बालबालिकाको ज्यान गएको छ । बंगलाचुली गाउँपालिका ८ गुराँसेमा नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकी साढे ६ बजे सोलारको ब्याट्री पड्केर आगलागी भएको हो ।

पुन दम्पती १ बर्ष ४ महिनाको छोरालाई झारफुक गराउन गएको समयमा आगलागी भएको थियोे । आगलागीबाट घरमा ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन् । प्रहरी र स्थानीयले राति १२ बजे आगो निभाएका थिए ।फाइल फोटो

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…